६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पुस्तालाई पुटिनको सुझावः युद्ध होइन ‘युक्रेन मुक्तिको मिशन’ हो रुसी आक्रमण



अ+ अ-

एजेन्सी । भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध युद्ध गरेपछि रुसमा कडा प्रतिरोधको सामना गर्नु परेको छ । 

धेरै बालबालिकाले पुटिनको विरोध पनि गरिरहेका छन् । यस्तो अवस्थामा नयाँ पुस्तालाई विश्वास दिलाउन र यो युद्धको औचित्य पुष्टि गर्न पुटिनले विद्यालयमा राष्ट्रव्यापी कार्यक्रम सुरु गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यमले गुप्तचर एजेन्सीका पूर्व अधिकारी रेबिका कोफ्लरलाई उद्धृत गर्दै रुसी विद्यालयमा युक्रेनविरुद्धको लडाइलाई मुक्ति अभियानको रूपमा वर्णन गरिएको बताएको छ । 

यहाँ बालबालिकाहरूलाई युक्रेनमा रूसको आक्रमण डोनबासका जनतालाई नरसंहारबाट बचाउनको लागि स्वतन्त्रताको अभियान हो भनेर बुझाइँदैछ ।

रुसका विद्यालयमा बालबालिकालाई शिक्षा दिने राष्ट्रव्यापी कार्यक्रम पनि सुरु गरिएको बताइएको छ । शिक्षा मन्त्रालयले युक्रेनमा रूसी आक्रमणको सम्बन्धमा ‘ओपन लेसन’ नामक राष्ट्रव्यापी कार्यक्रम सुरु गरेको छ । 

कार्यक्रम अन्तर्गत बालबालिकालाई भिडियो मार्फत बुझाइने गरिन्छ । रुसको शिक्षा मन्त्रालयले गरेको फेसबुक पोस्टमा युक्रेनमा मुक्ति अभियानको आवश्यकता किन परेको थियो भनेर विद्यालयका बालबालिकालाई बताइने जनाएको छ।

‘ओपन लेसन’को माध्यमबाट विद्यालयहरुमा बुझाइएको छ कि, रुसको लक्ष्य रसियन भाषा बोल्ने र रसियन नागरिक राष्ट्रवादीहरुलाई समावेश गर्नु रहेको उल्लेख गरिएको छ । 

रिपोर्ट अनुसार विद्यालयमा ‘शान्तिको रक्षक’ नामको भिडियो प्ले भइरहेको छ । शिक्षा मन्त्रालयको फेसबुक पोस्टमा भनिएको छ, ‘बालबालिकाहरूलाई बताउन आवश्यक छ कि हामीलाई नेटोबाट कुन कुराले धम्की दिन्छ र हामी किन डोनेट्स्क र लुहान्स्कका जनतालाई सुरक्षा गरिरहेका छौं।’