१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणालाई काँग्रेस नेता पौडेलको प्रश्न: सम्मान जनक बर्हिगमन कि अपमानपूर्ण रोज्ने ?



अ+ अ-

हेटौडा । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिनु भएको छ ।  काँग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पार्नु भयो । नेपाली काँग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रधानन्यायाधीश जबराले केही दिन अघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उहाँले छिटो राजीनामा दिनुपर्ने धारणा राख्नु भयो ।

वरिष्ठ नेता पौडेलले ढिलाई गर्दै गए उहाँको बर्हिगमन अपमानजनक हुने तर्क गर्नु भयो । उहाँले प्रधानन्यायाधिशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथिनै प्रहार गरेको आरोप समेत लगाउनु भयो ।

वरिष्ठ नेता पौडेलले भन्नु भयो, ‘अरु संस्था त ध्वस्त भए, भए । देशको एउटा जनताको न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत ध्वस्त भईरहेको छ । सर्वोच्च अदालतको यो हाल भईरहेको छ । अव अहिले प्रधानन्यायाधीशले अस्ति मात्रै भन्नु भयो–ल ल म छोडन त छोडछु तर मलाई सम्मानजनक बर्हिगमनका लागि मौका दिनुस । मैले त हिजो भन्दिए–जति छिटो छोडनु हुन्छ, त्यति सम्मानजनक । जति ढिलो छोडनु हुन्छ, त्यति असम्मानजनक हुन्छ तपाईँको । किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउछन । सेटिङ गर्नु भएको क–कसले ? यो देशका प्रधानमन्त्रीहरु सेटिङ गर्ने अदालतसित । प्रधानन्यायाधीशसँग सेटिङ गर्ने । तलाई यो मन्त्री दिन्छु, यो राजदुत दिन्छु । आयुक्त दिन्छु, मेरो कुरा मान । मैले संवैधानिक परिषदलाई ध्वस्त पारेको पनि मान । संविधानको आत्मामाथि प्रहार गरेको साँची बसिदे प्रधानन्यायाधीश भनेर यो सेटिङ गरेको हो कि होईन ? आज सर्वोच्च अदालतको के हालत भईरहेको छ ? यो अवस्थामा देश किन पुग्यो ?’

वरिष्ठ नेता पौडेलले जनताको न्यायको अन्तिम मन्दिरको रुपमा रहेको सर्वोच्च अदालत ध्वस्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो । फरक प्रसंगमा उहाँले नेतृत्व परिवर्तन गरेर मात्रै पार्टीलाई सही दिशामा अघि बढाउन सकिने बताउनु भयो । त्यसका लागि पुस्तान्तरण नभई नेतृत्व परिवर्तन आजको आवश्यक्ता भएको उहाँको तर्क थियो ।