६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा आँधी कम्तीमा छ जनाको मृत्यु



अ+ अ-

वासिङ्टन । अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण चार वयस्क र दुई बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक पत्रकार सम्मेलनमा आँधीले कम्तीमा चार अन्य वयस्कहरू घाइते भएका र  घर र सम्पत्ति दुबैमा व्यापक क्षति पु¥याएको काउन्टीको आपतकालीन व्यवस्थापन निर्देशकले बताउनु भएको छ । 

‘केन्द्रीय आयोवाको लागि सबैभन्दा खराब समय समाप्त भएको छ । तूफानहरू पूर्वतिर सर्दै छन् ।’ राष्ट्रिय मौसम सेवा डेस मोइन्सले साँझ ७ः३० मा ट्वीट गरेर जानकारी दिएको छ ।आइतबारको क्षतिको राम्ररी अनुसन्धान गरिने बताइएको छ  । यो आँधी समुदायको लागि धेरै विनाशकारी रहेको र  उद्धार प्रयासहरू रातभर जारी रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

आयोवाका गभर्नर किम रेनोल्ड्सले म्याडिसन काउन्टीको लागि प्रकोप घोषणा जारी गर्नु भएको छ । यसले राज्य स्रोतहरूलाई अवस्था सुधार्नको लागि सहयोग र प्रयोगको अनुमति दिन्छ ।‘हाम्रो हृदय आज राज्यमा आएको घातक आँधीबाट प्रभावित सबैप्रति भावुक भएको छ ।’ रेनोल्ड्सले एक विज्ञप्तिमार्फत भन्नु भएको छ । 

गत डिसेम्बरमा आएको दर्जनौं विनाशकारी आँधीबेहरीले अमेरिकाको पाँचवटा राज्यहरूमा प्रभावित भएको थियो । यस आँधीमा परी  केन्टकी, टेनेसी, अर्कान्सास, मिसौरी र इलिनोइसमा  ७७ जनाको मृत्यु भएको थियो  । (रासस/एएफपी)