१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूलको आँखामा फूलै संसार…



अ+ अ-

काठमाडौं । भक्तपुरको बागेश्वरी खरिपाटीमा व्यवसायीक रुपमा फुलको खेती गर्दै आउनु भएकी पुष्प व्यबसायी राधा मताङ्गीलाई फूलहरुको पर्ब तीहार सुरु भएपछि भ्याई नभ्याई हुन्छ । सयपत्री, गोदावरी , मखमली जरवेरा र कार्नेश  जस्ता फूलहरु जतन संग टिप्दै बजारमा जति सक्यो छिटो लैजानु पर्ने हतारो हुन्छ । तर यो हतारोमा आनन्द भने हुन्छ ।

आफ्नो फार्ममा ढकमक्क फुलको सयपत्री, गोदावरी, जरवेरा र कार्नेश फूलहरु टिप्दै गर्दा मताङ्गीले भन्नुभयो यस पटक पनि मौषमको नराम्रो संग धोका दिए , फूल पक्रने बेलामा निरन्तर परेको झरीले धेरै नै क्षती गर्यो तर पनि जोजिएका फूल बजारमा पठाई रहेका छौ । उहाँले फूलका थुगा टिप्दै  गर्दा भन्नुभयो मौषमले साथ दिएको भए धेरै फूल बजारमा जान्थो बाहिर बाट आउने कम हुन्थो होला र सोचे जस्तो भएन ।

यो समस्या उहाँलाई मात्र होईन  सबै कृषकले भोग्नु पर्यो । बेमौसमा परेको झरीले धेरैको खुसी खोस्यो । पूर्ण रुपमा खुसी हुन नसकेपनि पुष्प व्यवसायीहरूले जोगिएका फूलहरु सयपत्री, गोदावरी र मखमलीलाई  टिप्ने र माला उन्ने चटारो थियो अगिल्लो साता ।

 यो पनि पढ्नुहोस्- यसपाली त मनै फाट्यो केले सिउने…

केही बर्ष देखी भक्तपुरको विभिन्न ठाउँमा सयपत्री र मखमली लगायतका फूलकबो को व्यावसायिक खेती गरिएको छ । लक्ष्मी पूजाको दिन घर पसल, कार्यालय, व्यावसायिक स्थल सिँगार्न  फूलको माग उच्च हुने गर्दछ।  भक्तपुरको विभिन्न ठाउँमा सयपत्री र मखमलीको व्यावसायिक खेती गरिन्छ।

गुण्डु र ताथलीलाई सयपत्री र मखमली फूलको गाउँ भनिन्छ। पछिल्लो समय बागेश्वरीका केही स्थानमा पनि मखमली,  सयपत्री, गोदावरीसँगै जरवेरा र कार्नेश फूल खेती विस्तार गरिएको छ।मताङ्गीले चाँगुनारायण नगरपालिका–८ बागेश्वरीमा  करिव २२ रोपनी क्षेत्रफलमा फूल खेती गर्दै आउनु भएको छ । अगिल्लो बर्ष पनि कोरोनका कारण पुष्प  व्यवसाय नराम्री संग थला पर्यो ।  संकटको समयमा सरकारबाट अभिभाबकको आशा गरेका व्यवसायी त्यती बेला निराश भए प्रकृति  र प्रकोपले ठगेको बेला स्वदेशी उत्पादनलाई प्रश्रय दिनु पर्ने मा  बाहिरबाट सहज रुपमा आउन थाल्यो ।

सयपत्री फूल नेपालमा धेरै उत्पादन भए पनि तिहारमा मात्रै देखिने क्षणिक व्यापारीहरुले भारतबाट आयात गर्दा नेपाली बजारमा फूलै नभइदिएको जस्तो भएको गुनासो व्यावसायीहरुको रहेको छ । भारतबाट ल्याएर बजारमा सस्तो दरमा बिक्री गरिदिँदा स्वदेशमा उत्पादन भएका फूल र मालाले प्रतिस्प्रर्धा गर्न कठिन भएको छ ।स्वदेशमा उत्पादनलाई प्रोत्साहन गर्ने हो भने भारतबाट जथाभावि फूल आयात गरेर बिक्री गर्नेहरुको निगरानी गरी निरुत्साहीत गर्न व्यावसायीहरुले आग्रह गरेका छन् ।

पछिल्लो समयमा अवैध ढंगले करछली गरेर नेपालमा पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने क्रम बढेको छ ।  पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुन सक्ने अवस्था हुँदाहुँदै पनि सरकारले त्यस खालको वातावरण बनाउने काम नगरेको व्यवसायीहरुको आरोप छ । यही कठिन समयमा पनि केही ब्यबसायीले हिम्मत नहारी कर्म गरिरहे तर प्रतिफल भने सोचे जस्तो पाएनन् ।

यो अबस्थामा पनि बजारमा फूलको माग पनि ठिकै थियो । तर माग अनुसारको उत्पादन भने हुन सकेको छैन । पछिल्लो समयमा फूल संस्कार नेपाली समाजमा राम्रोसँग फैलिएको छ । बिस्तारै आत्मनिर्भर बन्ने बाटोतिर अग्रसर हुदै छ । व्यवसायी मताङ्गीले भन्नुभयो "कृषिको प्रमुख क्षेत्र मध्ये पुष्प ब्यवसाय पनि एक हो । नीति निर्माणमा बस्नेहरु पद बहाली गर्न आउदा र बिदाई हुँदा सुन्दर फुलका बुकी बोक्छन् तर सुन्दर फुल उत्पादन गर्ने कृषकका बारेमा भने सोच्न सम्म पनि भ्याउदैनन् ।"

कोरोना अघिको सामान्य अवस्थामा आ.व. २०७५/७६ मा दुई अर्ब ४२ करोडभन्दा बढीको वार्षिक कारोबार भएको थियो । २०७६/७७ मा कोभिडका कारण दुई अर्ब १५ करोड रुपियाँको कारोबारमा सीमित भयो । २०७७/७८ मा वर्षभरि निषेधाज्ञाले गर्दा झनै कमी आई एक अर्ब ६३ करोडको कारोबार भएको छ ।