३ पुष २०८२, बिहीबार
,
Latest
निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय कुमारको ‘बच्चन पाण्डे’माथि बलिउडको भरोषा



अ+ अ-

एजेन्सी । अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’को बक्स अफिसमा सफलताले बलिउड इन्डस्ट्री र व्यापारिहरुको आशा जगाएको छ । 

मार्च ४ देखि महाराष्ट्रका १४ सहर र जिल्लाका थिएटरहरूलाई शतप्रतिशत अकुपेन्सीका साथ सञ्चालन गर्न अनुमति दिइएको छ । सरकारको यो निर्णयपछि यसै महिनामा नै चलचित्रको व्यापार धेरै गुणा बढ्ने फिल्मी उद्योगले अपेक्षा गरेका छन् ।

यो महिनाको सबैभन्दा प्रतिक्षित फिल्ममध्ये एक अक्षय कुमार स्टारर ‘बच्चन पाण्डे’ मार्च १८ मा रिलिज हुँदैछ । अक्षय कुमारको यो चलचित्रले बक्स अफिसमा धेरै कमाइ गर्ने निर्माता तथा चलचित्र व्यवसाय विशेषज्ञ गिरीश जोहर दाबी गर्छन् । 

उनी भन्छन्, ‘यसपटक पनि उनको फिल्मबाट बलिउडले धेरै आशा राखेको छ । धेरै महिनापछि शतप्रतिशत दर्शकले चलचित्र हलमा हेर्न पाउनेछन् । बच्चन पाण्डे एक हार्डकोर कमर्शियल इन्टरटेनिङ फिल्म हो, जसको दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । म पक्का छु कि यसले पहिलो दिनदेखि नै बक्स अफिसमा सनसनी मच्चाउनेछ। सामान्यतया यस्ता व्यावसायिक चलचित्रको सुरुवात राम्रो हुन्छ ।’ 

फिल्ममा अक्षय कुमार र कृति सेननका अलावा ज्याकलिन फर्नान्डिज, स्नेहल डब्बी, अभिमन्यु सिंह र सहर्ष कुमार शुक्लाको पनि अभिनय रहेको छ । फिल्मको कथा एक ग्याङ्स्टरको वरिपरि घुमेको छ । यो ग्याङ्स्टर अभिनेता बन्न चाहन्छ। कृति सेनन एक पत्रकार हुन् जो फिल्म निर्देशक बन्न चाहन्छिन्। फिल्ममा अर्शद वारसी, पंकज त्रिपाठी र प्रतीक बब्बरको पनि अभिनय रहेको छ ।

निश्चय कुटाण्डाले लेखेको चलचित्रलाई फरहाद शामजीले निर्देशन गरेका हुन् । यसअघि सन् २०२० को क्रिसमसमा यो फिल्म रिलिज हुने तय भएपनि कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।