१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीलाई पत्र: देउवा र दाहालकाे फरक फरक भनाई को सहि को गलत ?



अ+ अ-

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले कोप–२६ सम्मेलनबाट फर्कने क्रममा बिमानस्थलमा संञ्चारकर्मीहरु संग भन्नुभयो प्रचण्ड र आफूले एमसीसीले सोधेका प्रश्नहरुको जवाफ पठाएका  छाै । " प्रधानमन्त्री देउवाले कोप–२६ सम्मेलन साइडलाइनमा भएको भेटमा एमसीसी सीइओ एलेक्सिया लाटोट्रीलाई गठबन्धन पार्टनरहरुसँग कुरा भैरहेको जानकारी गराएको संञ्चारकर्मीहरु जानकारी दिनुभयो ।  प्रधानमन्त्री देउवालाई मनमा कम कुरा राख्ने भित्र जे छ त्यही बोल्ने नेताका रुपमा पनि चिनिन्छ ।

तर शुक्रबार सत्तागठबन्धका एक नेता  पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्छौं भनेर चिठी नलेखिएको बताउनु भयो ।  आफ्नो  निबासमा देउसीभैलो खेल्न पुगेको टोलीलाई भन्नुभयो "हामीले पास गर्छौं भनेर चिठी  लेखेको होइन ।" सत्ता गठबन्धनका दुई शिर्ष नेताहरुको एक दिनको अन्तरमा आएको यस्तो अभिब्यक्तिले एमसीसीबारे सत्ता गठबन्धन भित्र कति सकस छ भन्ने प्रष्ट हुन्छ ।

देउसी भैलो टोली मार्फत सन्देश प्रबाह गर्दे दाहालले देशमा सबै दलहरुसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाइ हामीले यसलाई पारित गर्न नसकिने बताउनु भयाे । त्यसको निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ भन्ने उपाय निकाल्छौं भनेर लेखिएको चिठी हो । उहाँले थप भन्नुभयो "अमेरिका, बेलायत वा विश्वका जुनसुकै देशको सहयोग लिनु सामान्य विषय हो एमसीसीको ओरिजिनल सहमतिसँग डराउनुपर्ने कुरा छैन । बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने आमजनतालाई लागिसकेपछि यसलाई संशोधन नगरीकन पास गर्न सकिँदैन ।"

दाहालले भन्नुभयो "एमसीसी सम्झौता हुँदा संसद्‌मा लानु पर्ने, संसद्‌बाट अनुमोदन गर्नु पर्ने केही कुरा थिएन । अमेरिकाले पैसा दिने र नेपालले लिएर विकास गर्ने भन्नेमात्रै थियो । त्यतिबेला हामी पनि सरकारमा थियौं । त्यतिबेला शेरबहादुर देउवाकै नेतृत्वमा सरकार थियो । त्यतिबेलाका अर्थमन्त्रीले सम्झौता गरेको हो । त्यो सम्झौतामा पार्लियामेन्टमा लगेर ऐनसरह हुने गरी अनुमोदन गर्ने कुरा थिएन । पछि त्यसमा त्यो थपियो । त्यो भएपछि यसको रहस्य के हो त भन्ने प्रश्न खडा भयो । र, यो विवाद बन्न आएको हो । "

अदातलको  परमादेश सहित पाँच दलिय गठबन्धनबाट  देउवा नेतृत्वको सरकार बनेपछि आन्तरिक रुपमा पटक पटक शिर्षनेताहरु बीच एमसीसीका बारेमा छलफल भएको छ । नेपाली काग्रेसका नेताहरु यसलाई यथास्थितीमा पारित गर्नुपर्ने बताउदै आएका छन् । माओबादी केन्द्र र नेकपा (एकिकृत समाजबादी)ले यस्को बिरोधमा कार्यकर्तालाई परिचालन नै गरेका छन् । उता जनता समाजबादी यस बिषयमा खासै समर्थन र बिरोधका कडा रुपमा देखिएको छैन  । तर अर्को सत्ताघटक राष्ट्रिय जनमोर्चा भने सुरु देखीकै बिरोधमा रहेको छ । 
 माओवादी केन्द्रका अध्यक्ष दाहालले दिनुभएको अभिव्यक्तिको प्रधानमन्त्री देउवा बाट फेरी प्रष्टिकरण आउला ।  किनकी पछिल्लो समयमा आन्तरिक सत्ता राजनीतिमा यो बिषयले निकै गिजोलिएको छ ।