१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार परिवर्तन भए संगै राजदूत फिर्ता बोलाउनु गलतः नारायणकाजी श्रेष्ठ



file
अ+ अ-

काठमाडौं  ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकार परिवर्तन संगै राजदूतहरु फिर्ता बोलाउनु गलत भएको जनाउनु भएको छ । सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै श्रेष्ठले यसो गर्दा हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदूतहरु फिर्ता बोलाउने परम्परा बन्ने जनाउनु भयो ।

उहाँले लेख्नुभएको छ – त्यस स्थितिमा हामीले पठाएको कुनै देशको राजदूतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । स्थायित्वको आशंकाको  कारण सम्बन्धित देशहरुमा काम गर्ने वातावरण बन्दैन। नेता श्रेष्ठले लेख्नुभएको छ- शिर्ष नेताहरुले यो बिषयमा पटक पटक छलफल भएको तर  कुरा ठीकै भएपनि निर्णय भैसकेकाले अव छलफल नगरौं भनेको पनि स्मरण गर्नुभएको छ ।

उहाँले राजदूत पद भागबण्डा गर्ने भन्दा पनि साझा सुचि बनाउनु पर्ने आफ्नो प्रस्ताब रहेको जनाउदै कुनै पार्टीमा नलागेका देशभक्त ,स्वच्छ ,योग्य र प्रतिभावान ब्यक्तिहरुले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अबस्था आएको जनाउनु भयो । उहाँले लेख्नु भएको छ- त्यो देश र ब्यक्ति दुबैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमुर्त राम्रा कुरा गर्ने तर लागु गर्ने चाँही स्वार्थजन्य यथास्थितिवादी परम्परा  हुने गरेकोले यसलाई तोड्ने साहास  गरौं ।