५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर सवस्टेशनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा



अ+ अ-

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२-११ केभी क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् ।
 
नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतबार साँझदेखि विद्युत् आपूर्ति दिएको छ । सवस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो ।

प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सवस्टेशनमा जगेडामा रहेको २२.५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति दिएको थियो । एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत् आपूर्ति सुरु गरिएको थियो ।

कास्कीको लेखनाथ सवस्टेशनमा रहेको २२.५ एमभिए क्षमताको ट्रान्सफर्मरल्याई भरतपुर सवस्टेशनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको हो ।
 
सवस्टेशनको क्षमता अब ४५ एमभिए रहेकाले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहकसेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताउनुभयो । सिंहका अनुसार आँपटारीस्थित अर्को १३२-११ केभीको सवस्टेशनमा १५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान सुरु गरिएको छ । 

उक्त सवस्टेशनबाट विद्युत् आपूर्तिका लागि तीन वटा फिडर निकाली सकिएको छ । तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोली मर्मतस्थलमा खटिएको थियो ।
 
कार्यकारी निर्देशक घिसिङले दीपावलीमा कुनै पनि घरमा बिजुली बाल्न पाइएन भन्ने गुनासो नआओस् भनेर आफै खटेर सवस्टेशनको मर्मत गरेको र हाल पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो । रासस