१४ असार २०८३, आईतवार
,
Latest
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर निधन



अ+ अ-

हेटौंडा । नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युत्को तार पन्छाउने क्रममा करेन्ट लागेपछि उनलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा ल्याइएको थियो । 

उनको उपचारको क्रममा निधन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । शव परीक्षण गरी परिवारलाई दाहसंस्कारको लागि हस्तान्तरण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए ।