१४ असार २०८३, आईतवार
,
Latest
नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ दुर्घटना अपडेट : एक जनाको घटनास्थलमै मृत्यु,१९ घाइते



अ+ अ-

दाङ । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नं को  यात्रुबहाक जीप दाङको बबई गाउँपालिका– २ एक्लेबरमा आज भएको दुर्घटनामा परी घाइतेमध्ये पार्वती वलीको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । त्यस्तै नौ जना घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जीपका चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

सो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । मृतक सुनार गाडी मालिक हुन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अर्यालका  अनुसार घाइते हुनेमा दङ्गीशरण गाउँपालिका–२ बस्ने ३० वर्र्षीया पार्वती वली, सल्यान कालीमाटी– ३ सिमलकुना बस्ने २८ वर्षीया रीता खत्री, सोही ठाउँका २९ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीय खिमराज बुढाथोकी, बबई गाउँपालिका– २ बगाले बस्ने २३ वर्र्षाया पवित्रा ओली, उहाँका छोरा तीन वर्षीय दिनेश ओली, कालीमाटी– ३ कालाखोला बस्ने अन्दाजी ६ वर्षीय प्रशान्त राना, सोही ठाउँका ५६ वर्षीया प्रमिसा खत्री, बबई– २ बस्ने ३२ वर्षीया कमला बस्नेत रहेका छन् । 

दाङको बबईमा जीप दुर्घटना, जीप धनीको घटनास्थलमै मृत्यु

त्यस्तै घाइतेमा तुलसीपुर उपमहानगरपालिका–१५ बस्ने १० वर्षीय प्रशान्त खत्री, बाँके राप्ती सोनारी– ९ बस्ने ३५ वर्षीया पवित्रा बुढाथोकी, कालीमाटी– ३ बस्ने १७ वर्षीया सपना ओली, शान्तिनगर– ४ बस्ने ५५ वर्र्षीया खली ओली, बाँके कोहलपुर नगरपालिका– ४ बस्ने ३२ वर्षीया दिपा ओली, उहाँका छोरी १५ वर्षीया सङ्गिता बुढाथोकी, ८ वर्षीया अपेक्षा बुढाथोकी र बर्दिया बासगढी मोतिपुर बस्ने २८ वर्षीया सुशीला राणा रहेका छन् ।  बाँकेको राप्ती सोनारी गाउँपालिका ढकेरी बस्ने ६० वर्षीया बिम्पा खत्री, तुलसीपुुुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने २८ वर्षीया सोभा बुढाथोकी र उहाँका छोरा सात वर्षीय लोकेन्द्र बुढाथोकी रहेका छन् । रासस