१४ असार २०८३, आईतवार
,
Latest
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषद्का कर्मचारीद्वारा कार्यकारी निर्देशकको राजीनामाको माग गर्दै तालाबन्दी (भिडियो रिपोर्ट)



अ+ अ-

काठमाडौं । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषद्ले कार्यकारी निर्देशकको राजीनामाको माग गर्दै तालाबन्दी गरेको छ ।

सोमवार ललितपुरको जावलाखेलस्थित परिषद्मा कर्मचारीहरुले कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको राजीनामाको माग गर्दै कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कर्मचारीहरुले राष्ट्रिय स्तरको तालिम केन्द्रमा कार्यरत कर्मचारीहरुको अवस्था, कर्मचारीको सम्मानजनक व्यवस्थापन, संस्थाको संस्थागत सुदृढीकरण नभएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् । उनीहरुले कार्यकारी निर्देशकलाई बारम्बार यस विषयमा अवगत गराए पनि चासो नदिएको आरोप समेत लगाए । कर्र्मचारीहरुले २२ सूत्रीय माग राखेर कार्यकारी निर्देशकसँग छलफल गरे पनि माग अनुसारको सम्बोधन नभएको बताएका छन् ।

कर्मचारीहरुले कार्यकारी निर्देशकले कर्मचारीको क्षमता र विश्वास गुमाइसकेकोले राजीनमा दिनुपर्ने माग राखेका छन् । उनीहरुले लिखित रुपमा कुशल नेतृत्व नदिँदासम्म अहिलेका कार्यकारी निर्देशकलाई कार्यकक्षमा पूर्ण रुपमा प्रवेश गर्न नदिने बताएका छन् ।