१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



अ+ अ-

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् ।

पाण्डेले सोमबार आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको हो । 

प्रदेशसभामा १०९ जना सदस्य रहेको वागमतीमा विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । 

१०४ जनाले सोमबार प्रदेशसभामा मतदान गरेका थिए ।

पाण्डेको पक्षमा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले मत दिएका थिए । 

पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४३ मत परेको थियो भने २ मत तटस्थ रहेको छ ।