१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामचन्द्र पौडेलको संयोजकत्वमा सरकार संञ्चालन सहजीकरण संयन्त्र गठन



अ+ अ-

काठमाडौ ।  सत्ता गठबन्धनले सरकारको काममा  सहजीकरण गर्न पाँचै दलका नेता रहेको राजनीतिक संयन्त्र गठन गरेको छ । आलोपालो प्रणालीका आधारमा दुई दुई महनिामा संयन्त्रको सयोजक परिबर्तन हुने सरकारका प्रवक्ता एबं सञ्चार तथा सूचना मन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

समितिमा  कांग्रेसबाट कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्र कार्की ,माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ सदस्य रहनु भएको छ ।  यसै गरी नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सदस्य रहनु भएको छ ।

संयन्त्रका सदस्य तथा नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य गर्ने तथा  सरकारलाई समग्र हिसाबले सहयोग गर्ने जानकारी दिनुभयो ।