१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यको नजरमा छैन, दुर्गम गाउँ लाम्पाटा



अ+ अ-

बाजुरा । दूरीका हिसाबले जिल्लाको सबैभन्दा टाढाको गाउँ भनेर चिनिने स्थान हो, लाम्पाटा । जहाँ अहिलेसम्म राज्यको समेत नजर परेको देखिँदैन । हिमाली गाउँपालिका–३ मा रहेको सो गाउँ बाजुरा उत्तरी क्षेत्रको अन्तिम गाउँ छिमेकी जिल्ला हुम्लासँग जोडिएको छ । उक्त गाउँमा १३ घरपरिवार छन् ।

सदरमुकाम मार्तडीबाट झण्डै ५० कोष टाढा अर्थात् पैदलबाट पाँच दिनमा पुगिने लाम्पाटा गाउँवासीले अहिलेसम्म सरकारी सेवाको अनुभूतिसमेत पाएका छैनन् । स्वास्थ्य, शिक्षालगायत आधारभूत सेवाबाट पनि बञ्चित हुनुपरेकोे स्थानीयवासी इन्द्रा गुरुङ बताउनुहुन्छ । गाउँमा पाँच वर्षमुनिका १५ बालबालिका रहेका र अहिलेसम्म कसैले पनि खोप लगाउन नपाएको उहाँको गुनासो छ  ।

उक्त गाउँमा सबै जनजातिकमो बसोबास छ । गाउँमा बालविकास केन्द्रसम्म छैन । स्वास्थ्यचौकी वडा नं १ बिच्छँयामा छ । त्यहाँ पुग्न दुई दिनभन्दा बढी समय लाग्छ। स्थानीयवासी लक्ष्मी गुरुङ गर्भवती भएको छ महिना भयो, अहिलेसम्म उहाँले कुनै खोप लगाउन र स्वास्थ्य  जाँच पनि गराउन नपाएको बताउनुहुन्छ । गाउँका अन्य महिलाले सुत्केरी हुँदा लगाइने खोप र अन्य सेवासमेत नपाएको उहाँको गुनासो छ ।

उनीहरूको जग्गाको लालपुर्जा बाजुरा जिल्लाकै छ । तर हुम्लाका बासिन्दाले सो क्षेत्र आफ्नो भएको जिकिर  गरिरहेका छन् । जग्गाको लालपुर्जा यताको  छ तर  जङ्गलको भोकचलन हुम्लाका बासिन्दाले गर्ने गरेको स्थानीयवासी छप्किलाल बुढा  बताउनुहुन्छ  । त्यस गाउँमा सुरक्षाको समेत अभाव छ । प्रहरी प्रशासनको पहुँचभन्दा टाढा रहेको यो क्षेत्रमा चोरी शिकारीसमेत बढ्दै गएको छ ।लाम्पाटा पुग्न गुम्बा गाउँ भएर जानुपर्छ । पुल र बाटो नहुँदा आवतजावतमा समस्या छ । लाम्पाटामा के भयो, के हँुदैछ र गाउँमा राज्यका तर्फबाट के हुँदैछजस्ता  सबै सूचनाबाट प्रायः बिमुख हुने गरेको उक्त गाउँपालिकाले जनाएको छ ।रासस
–––