१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्याधीश राणाबाट सबै न्यायाधीशको इजलासमा नियमित मुद्दाको पेशी तोकियो



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सबै न्यायाधीशलाई नियमित मुद्दाको पेशी तोक्नु भएको छ ।  प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै दुईसाता देखी ईजलास बहिष्कार गर्दै आएका न्यायधीशहरुलाई नियमित मुद्दाको पेशी तोकेर प्रधानन्यायधीश राणाले काममा फर्कन घुमाउरो पारामा दवाब दिनु भएको छ ।  

यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेशीमा राख्दै आउनु भएका प्रधानन्याधीश राणाले आजबाट भने सबै प्रकारका मुद्दा तोक्नु भएको हो । यता प्रधानन्यायधीशले सबै प्रकारका मुद्दा तोकेपछि के गर्ने भन्ने बारेमा न्यायधीशहरु छलफलमा जुटेका छन् ।

प्रधानन्यायधीश राणाले काममा फर्कन वा राजीनामा दिएर सडकमा गएर आन्दोलन गर्न सुझाब दिनुभएको थियो ।