५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या आरोपमा एक व्यक्ति पक्राउ



अ+ अ-

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सोही वडाको गहतेरा बस्ने रेशम थापालाई पक्राउ गरिएको हो । 

घर नजिकैको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा सोमबार उनलाई पक्राउ गरिएको हो । घटनामा संलग्नको आरोप लागेका सोही ठाउँका विनोद राना र खीमबहादुर राना अझै फरार रहेको प्रहरीले बताएको छ । पीडितले उनीहरुको नाममा किटानी जाहेरीसमेत दिएका छन् । 

गत शनिबार राति लठ्ठी र धारिलो हतियार प्रहारबाट पुनको मृत्यु भएको थियो । हत्यारालाई कानूनी दायरामा नल्याउँदासम्म पीडितहरुले शव नबुझ्ने बताएका छन् । पुनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । रासस