७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

कांग्रेस महाधिवेशन: १३ जिल्लामा देउवा पक्षको बहुमत, पौडेल, निधि र सिंहको अवस्था नाजूक

कांग्रेस महाधिवेशन: १३ जिल्लामा देउवा पक्षको बहुमत, पौडेल, निधि र सिंहको अवस्था नाजूक
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशनमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा बहुमत महाधिवेशन प्रतिनिधि चुनिन थालेका छन् ।
संस्थापनइतर पक्षले नेतृत्वका लागि एकल उम्मेदवार बनाउन नसकेका बेला सभापतिमा देउवा पुनः निर्वाचित हुने स्थिति बन्दै गएको विभिन्न जिल्लाको चुनावी परिणामले देखाएका छन् । सभापति देउवाले सूक्ष्म ढंगले तल्लो तहको अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष बढाउँदै लैजानु भएको छ । 

वडा अधिवेशनअगावै संस्थापनइतर पक्षबाट एक मात्र साझा उम्मेदवार दिने भनिए पनि यो समूहभित्र नेतृत्वको विषयलाई लिएर विवाद अझै यथावत् छ । यो अधिवेशनमा संस्थापनइतर समूहबाट नेतृत्वका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, डा शेखर कोइराला, नेत्री सुजाता कोइराला र प्रकाशमान सिंहले सभापतिको दाबी गरिरहेका छन् ।
सभापति देउवाले विशेष गरी केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि छनोटमा विशेष ध्यान दिनु भएको बालुवाटार स्रोतले जनाएको छ ।

जिल्ला निर्वाचन सम्पन्न भएका १३ जिल्लाको १४ निर्वाचन क्षेत्रबाट आएका महाधिवेशन प्रतिनिधि कुन पक्षका हुन् भन्नेबारे संस्थापन र इतर पक्ष दुवै पक्षले जोड¬घटाउ गर्न थालेका छन् ।
१३औं महाधिवेशनमा तेस्रो पंक्तिमा उभिनुभएका कृष्णप्रसाद सिटौलादेखि सभापतिका आकांक्षी विमलेन्द्र निधि, प्रकाशमान सिंहसमेतले महाधिवेशन प्रतिनिधिको जोड–घटाउमा विशेष चासो राख्न थाल्नु भएको छ, तर निधि, शेखर कोइराला, शशांक कोइराला, सिंह सबैको अवस्था नाजूक देखिएपछि उहाँहरुका सचिवालय नै अन्योलमा परेका छन् । हतास मनस्थितिमा पुगेका उनीहरु नयाँ रणनीति बनाउन र बरु देउवासँगै जोडिएर अघि बढ्ने उपायको खोजीमा रहेका र संवादको थालनी गर्ने प्रयास भइरहेको बताइएको छ । 

यसअघि संस्थापन पक्षमा रहेका विमलेन्द्र निधिले सभापतिको दाबी गरेपछि देउवा कमजोर हुने आँकलन गरे पनि अधिवेशन सम्पन्न भएका क्षेत्रबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधिको संख्या हेर्दा उहाँ झन् बलियो हुँदै गएको देखिन्छ । 

एकमात्र निर्वाचन क्षेत्र भएको ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, कालिकोट, हुम्ला, मुगु, बाजुरा र बझाङमा तथा दुई निर्वाचन क्षेत्र भएको गोरखाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिको जोड–घटाउबाट पनि देउवा पक्ष बलियो बन्दै गएको देखिएको छ ।
मनाङमा पूर्वमन्त्रीसमेत रहेका टेकबहादुर गुरुङले देउवा पक्षबाट नेतृत्व गर्दै शंकर गुरुङलाई जिल्ला सभापतिमा सर्वसम्मत गराएर पूरै २५ जना महाधिवेशन प्रतिनिधि देउवा पक्षबाटै छनोट गर्नु भएको पाइएको छ । त्यस्तै, रुकुम पूर्वमा जिल्ला सभापति केशरमान रोकाले सबै २६ जना महाधिवेशन प्रतिनिधि देउवा पक्षलाई नै सहयोग गर्ने गरी छनोट गर्नु भएको पाइएको छ ।

मुस्ताङमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्य रोमी गौचन थकालीले पौडेल पक्षलाई बलियो बनाएर महाधिवेशन प्रतिनिधि छनौट गराउनु भएको छ । सर्वसम्मत रुपले नेतृत्व चयन गरिएको कालिकोटमा सिटौलाको पक्षको समेत राम्रो उपस्थिति पाइएको छ । पौडेल समूहका प्रभावशाली मानिने भूपेन्द्र बहादुर शाहीले आफूले पौडेल पक्ष छाडेर देउवा पक्षमै खुलेर लाग्ने बताउनुभएको जिल्ला अधिवेशनमा सहभागी कार्यकर्ता बताउँछन् । २६ जना प्रतिनिधि चुनिएको यस जिल्लामा संस्थापन पक्षको १७, सिटौला पक्षको ३ र पौडेल–कोइराला पक्षमा मत दिने ६ जना प्रतिनिधि छन् ।

दुई निर्वाचन क्षेत्र रहेको गोरखामा ५२ जना महाधिवेशन प्रतिनिधिमध्ये २९ देउवा पक्ष, १६ पौडेल–कोइराला पक्ष रहेको पाइएको छ । नेता हरि घलेले ७ जना प्रतिनिधि एकलौटी रुपमा जिताउनु भएको छ । तर, घलेको सम्बन्ध पौडेलसँग भन्दा पनि देउवासँग निकट रहेको पौडेल पक्षका नेताहरुले नै बताउने गरेका छन् । दोलखामा भने पूर्वमन्त्री जिपछिरिङ लामाले साथ दिएपछि मात्र जिल्ला सभापति हत्याएका वर्मा लामा जिपछिरिङसँगको साँठगाँठका कारण देउवा पक्षमै लाग्ने आशंका गरिएको छ । वर्मा लामा स्व। खुमबहादुर खड्काको निकट सम्बन्ध भएका व्यक्ति समेत हुनुहुन्छ ।

खुमबहादुरको निधन भएपछि अन्ततः सहमहामन्त्री पूर्ण बहादुर खड्कासँगै रहने र देउवालाई साथ दिने त्यहाँका कतिपय कार्यकर्ताको भनाई छ । त्यहाँका २७ प्रतिनिधिमध्ये कम्तीमा ११ जनाले देउवालाई साथ दिने, १० जनाले पौडेल पक्ष, ४ जनाले सिटौला पक्षलाई र २ जनाले निधिलाई साथ दिने स्रोतको दाबी छ । देउवा पक्ष गजेन्द्र तुम्याहाङ विजयी भएको सुदूरपूर्वी जिल्ला ताप्लेजुङबाट आउने २६ महाधिवेशन प्रतिनिधिमध्ये पौडेल–कोइराला पक्षमा ५ भन्दा बढी नरहेको त्यहाँका स्थानीय नेता बताउँछन् । 

संखुवासभाको नेतृत्व लिन अग्रपंक्तिमा उभिएका पूर्वराज्यमन्त्रीसमेत रहेका पौडेल–कोइराला पक्षका नेता दीपक खड्काले जिल्लाको सर्वेसर्वा हुनका लागि आफ्नो प्यानलमा देउवा पक्षका अधिकांश महाधिवेशन प्रतिनिधि घुसाएपछि सोचेबमोजिमको नतिजा नआएको संखुवासभा स्रोतले बताएको छ । त्यहाँको कुल २६ प्रतिनिधिमध्ये पौडेल पक्षका १३ जना, सिटौला पक्षको १ र देउवा पक्षको १२ प्रतिनिधि छन् । बाजुरामा भने कृष्णप्रसाद सिटौलाको प्रभाव राम्रो देखिएको छ । पौडेल पक्षका रामसिंह रावल दोस्रो चरणमा सभापति बनेको यस जिल्लामा देउवालाई मत दिने १०, पौडेल पक्षका ८ र सिटौला पक्षका ७ प्रतिनिधि चयन भएका छन् ।

रामेछापमा देउवा पक्षका पूर्णबहादुर तामाङ (कान्छाराम) ले जिल्ला सभापतिमा बाजी मारेका छन् । तर देउवा पक्षबाट ६ जना तथा सिटौला पक्षबाट ७ जना महाधिवेशन प्रतिनिधि चुनिएका छन् । 
उता बझाङमा देउवा पक्षका दुई नेता सभापतिमा भिडेपछि खडकबहादुर बोहोराले सभापति जित्नु भएको थियो । अघिल्लोपटक सबै प्रतिनिधिले देउवालाई मत दिएको विश्वास गरिएको बझाङबाट निर्वाचित २६ महाधिवेशन प्रतिनिधिमध्ये बढीमा २० प्रतिनिधिले मात्र देउवालाई मत दिने र बाँकीले पौडेल पक्षलाई मत दिने बताइन्छ ।

मुगुमा देउवा पक्षका सभापतिमा ऐनबहादुर शाहीसहित १६ जना र पौडेल पक्षको १० जना प्रतिनिधि निर्वाचित भएका छन् । हुम्लामा देउवा पक्षका जीवनबहादुर शाहीले आफ्नो बलियो उपस्थिति देखाई मोहनविक्रम सिंहलाई सभापति बनाउँदै २६ जनै प्रतिनिधि देउवा पक्षको ल्याएका स्वयं शाहीकै दाबी छ ।