१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त



अ+ अ-

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को यही कात्तिक २२ गते बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले आज नियुक्त गर्नुभएको हो । 

मन्त्रिपरिषद् बैठकको सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार यसअघिका प्रदेश प्रमुख पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । यसअघि प्रदेश एकमा सोमनाथ अधिकारी, कर्णाली गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव प्रदेश प्रमुख हुनुहुन्थ्यो ।