५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा एक महिनामा दुर्घटनाबाट १८ जनाको मृत्यु



अ+ अ-

सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महिनाको अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार सो अवधिमा दुर्घटनामा परी  प्रदेशभर एक सय १३ जना घाइते भएका थिए । सबैभन्दा बढी ४९ मोटरसाइकल, १४ जिप र कार, चार टेम्पो, तीन ट्याक्टर, दुई बस तथा अन्य सवारीसाधन दुर्घटना भएका थिए ।  

“साना सवारीसाधनका चालकले लापरवाही गर्दा बढी दुर्घटना भएका थिए”, प्रहरी उपरीक्षक गौतमले भन्नुभयो, “चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदा, सडक साघुँरा हुँदा तथा सडकमा खाल्डाखुल्डी भएका कारण दुर्घटना बढी हुने गरेको पाइएको छ ।”

क्षमताभन्दा बढी यात्रु बोक्दा पनि सवारीसाधन दुर्घटनामा पर्ने गरेको पाइएको छ । “सवारीसाधनको अवस्था नजाँचिकनै चलाउँदा पनि दुर्घटनाको कारण बन्ने गरेको छ”, उहाँले भन्नुभयो ।




भर्खरै