५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकर्स सङ्घको अध्यक्षमा अनिल उपाध्याय चयन



अ+ अ-

काठमाडौं: नेपाल बैंकर्स सङ्घको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

सङ्घको ३५औँ साधारणसभामार्फत आज नयाँ कार्यसमिति औपचारिक रुपमा सार्वजनिक गरिएको हो । उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) हुनुहुन्छ । सानिमा बैंकका सिइओ भुवनकुमार दाहाल निवर्तमान अध्यक्ष हुनुभएको छ ।

सङ्घको उपाध्यक्षमा एनएमबी बैंकका सिइओ सुनिक केसी सर्वसम्मतरुपमा चयन हुनुभएको छ ।

सङ्घको सदस्यमा लक्ष्मी बैंकका सिइओ अजय विक्रम शाह, मेघा बैंकका सिइओ अनुफमा खुञ्जेली, नेपाल एसबीआई बैंकका सिइओ दीपककुमार देव, नेपाल बैंक लिमिटेडका सिइओ कृष्ण अधिकारी, एनआइसी एसियाका सिइओ रोशन न्यौपाने, माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला र सन्राइज बैंकका सिइओ सुमन शर्मा चयन हुनुभएको छ ।

सल्लाहकारमा अनिल केशरी शाह, अशोक शमशेर राणा र ज्ञानेन्द्र ढुङ्गाना चयन हुनुभएको छ ।