१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री भुसालद्वारा आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । पशुपतिस्थित क्रियापुत्री भवन पुगेर आज मन्त्री भुसालले नेपाल सरकारका तर्फबाट आगलागीबाट मृत्यु भएका परिवारका सदस्य अनार ताम्राकारलाई सहायतास्वरुप रु सात लाख ४५ हजार प्रदान गर्नुभएको हो ।

ललितपुरको पाटनस्थित चक्रबहिलको एक घरमा गत शुक्रबार साँझ घरको तेस्रो तल्लामा श्री ग्यासको सिलिन्डर पड्किएर आगलागी हुँदा निरोजका ७१ वर्षीय बुबा लक्ष्मीकृष्ण ताम्राकार, ४० वर्षीया बहिनी अञ्जना ताम्रकार, ३४ वर्षीया श्रीमती रञ्जना ताम्रकार र ११ वर्षीय छोरा निर्जल ताम्राकारको घटनास्थलमै मृत्यु भएको थियो भने बहिनी सिर्जना ताम्राकारको दुवै खुट्टा र ढाँड भाँच्चिएको थियो । 

घरको तेस्रो र चोथो तल्ला पूर्णरुपमा क्षति भएको थियो । सो अवसरमा मन्त्री भुसालले मृतक परिवारका बालबालिकालाई पढाउन छात्रवृत्ति दिलाउन महानगरपालिकासमक्ष सिफारिस गर्ने पनि बताउनुभयो । कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

सोही अवसरमा दक्षिणकाली गण सातदोबाटोको सशस्त्र बलको तर्फबाट ३० हजार ५०० सहित चामल छ बोरा, कम्मल तीन थान, स्लिपिङ्ग ब्याग दुई वटा र ब्लाङ्केट पाँच वटा बलका प्रमुख एवं प्रहरी उपरीक्षक किरण ढुङ्गानाले हस्तान्तरण गर्नुभयो । 

पीडितलाई क्षतिपूर्ति दिलाउन स्थानीयस्तरमा ग्यास विस्फोट पीडित समिति गठन गरिएको छ । समितिले मनकारी व्यक्ति, सङ्घसंस्थालाई यथा सहयोगको लागि सार्वजनिकरुपमा आह्वान गर्दै आएको छ । त्यसैगरी ताम्राकार समाजले रु एक लाख राखेर राहतकोष खडा गरेको छ ।