१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । बाह्रौँ राष्ट्रिय जनगणना प्रारम्भ भएसँगै आज उपराष्ट्रपति नन्दबहादुर पुनको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन गरिएको छ ।

राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीले आज लैनचौरस्थित ‘हरितगृह’ पुगेर उपराष्ट्रपतिको विवरण सङ्कलन गर्नुभएको हो । विवरण सङ्कलनका लागि आयोगका सदस्य डा रामकुमार फुयाँल, आयोगका सचिव केवलप्रसाद भण्डारी, विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, निर्देशकहरु हेमराज रेग्मी, डिल्लीराज जोशी र ढुण्डीराज लामिछाने उपराष्ट्रपति निवास पुग्नुभएको थियो । 

विभागका महानिर्देशक श्रेष्ठले गणकका रुपमा उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन गर्नुभएको थियो । गणकले सोधेअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपतिले राष्ट्रिय जनगणना, २०७८ को सफलताको शुभकामना गर्नुभएको थियो । उहाँले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । 

आयोगका सदस्य फुयाँलले जनगणनामा सहभागिता जनाएर विवरण उपलब्ध गराइदिनुभएकामा उपराष्ट्रपतिमा आभार प्रकट गर्नुभएको थियो । उहाँले आम जनतामा राष्ट्रिय जनगणनाको सकारात्मक सन्देश प्रवाह गर्न राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिएको बताउनुभएको थियो । सो अवसरमा आयोगका सचिव भण्डारीले जनगणनाको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

महानिर्देशकसहितको टोलीले गणककारुपमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तथ्याङ्क सङ्कलन गरेको विभागले जनाएको छ । ‘मेरो गणना, मेरो सहभागिता’  नाराका साथ आजदेखि राष्ट्रिय जनगणना, २०७८ प्रारम्भ भएको छ । जनगणना आजदेखि आगामी मङ्सिर ९ गतेसम्म गरिनेछ । रासस