७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

”बाबुरामजीहरु, विप्लवजीहरु सबै कम्युनिष्टहरु फेरि एकपटक एकतावद्ध हुनैपर्छ”: प्रचण्ड

”बाबुरामजीहरु, विप्लवजीहरु सबै कम्युनिष्टहरु फेरि एकपटक एकतावद्ध हुनैपर्छ”: प्रचण्ड
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गर्नुभएको छ । 

शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताउनुभयो ।

अध्यक्ष दाहालले आराम गर्दै, रमाइलो मान्दै (रोमान्स) जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै समाजवादतर्फ इमान्दार हुने कम्युनिष्टहरु ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, म यो मञ्चबाट भन्न चाहन्छु ढिलोछिटो, विप्लवजी पनि आउनुहुन्छ भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु, अलग बसेर होइन, हामीसबै एक ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लान सकिन्छ, कुनै रोमान्स जस्तो गरिकन लैजान सकिँदैन । त्यसकारण मलाई विश्वास छ अहिले कुराकानी पनि चलिरहेको छ, किरणजीहरु, बाबुरामजीहरु, विप्लवजीहरु र अरु समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमान्दार हुने सबै कम्युनिष्टहरु फेरि एकपटक एकतावद्ध हुनैपर्छ, मलाई विश्वास छ, हामीले धेरै ठूलो संघर्ष र बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई ल्याएका छौँ,हामी जानु अझ धेरै टाढासम्म छ, त्यो यात्रा हामी सबैले आपसमा हातेमालो गेरर मात्रै पार गर्न सकिन्छ, एक्लै पार गर्छु भन्यो भने त्यसको नियत जे सुकै भए पनि नियती क्षतविक्षत हुनु बाहेक अर्को हुँदैन ।

कार्यक्रममा अध्यक्ष दाहालले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताउनुभयो । उहाँले एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने बताउनुभयो । अध्यक्ष दाहालले कोही एक व्यक्तिको चाहनामा र लहर चल्दैमा क्रान्ति नहुने भन्दै प्रचण्ड नेपाली जनताले जन्माएको बताउनुभयो । उहाँले प्रचण्ड व्यक्ति नभइ सही विचार, बलिदान, संघर्षको प्रतिक भएको पनि बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, कसैले चाहँदैमा लहर चल्दैमा क्रान्ति हुने पनि होइन, फेरि प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माएको होइन, नेपाली जनताले जन्माएको, तपाईं हामी सबै लडेर निर्माण गरेको हो, प्रचण्ड व्यक्ति होइन, फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैन, थुप्रै लेनिन, माओ हुने हुँदैन,एउटा समय र एउटा कालमा जनताले पैदा गर्ने हो, आन्दोलनले, संघर्षले, बलिदानले प्रदा गर्ने हो, सही विचारले पैदा गर्ने हो, सही निर्णयहरुले पैदा गर्ने हो, त्यो पैदा गरेको कुरालाई वर्ग संघर्षले र प्रतिक्रियावादीले सिध्याउन खोज्छन्, जनताले त्यसलाई बचाउन खोज्छन्, आज तपाईंहरु क्रान्तिको रक्षाको निम्ति, क्रान्तिका उपलब्धिको रक्षाका निम्ति, माओवादी आन्दोलनको रक्षाका निम्ति, प्रचण्डको रक्षाका निम्ति तपाईंहरु आउनुभएको छ, म हृदयदेखि तपाईंहरुलाई धन्यवाद दिन्छु ।’

अध्यक्ष दाहालले प्रतिक्रियावादीहरु माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको बताउनुभयो ।