७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

प्रविधिको प्रयोग गर्दै छरितो सेवा प्रवाह गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

प्रविधिको प्रयोग गर्दै छरितो सेवा प्रवाह गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन
अ+ अ-

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सूचना प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौंथो र पाँचौ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिएका हुन् ।

अहिले पुराना ढड्डा पल्टाएर बस्ने बेला गइसकेको भन्दै उहाँले कार्यालय व्यवस्थापन र सेवा प्रवाह दुवै पक्षको ख्याल गरेर काम गर्न उहाँले आग्रह गर्नुभयो । क्षमता अभिवृद्धि र कार्यशैलीमा परिवर्तन ल्याउनका लागि तालिमहरु हुने गरेर ती तालिमको उपलब्धि निकै कम हुने गरेको प्रसंग उठान गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार मातहतको प्रतिष्ठानले त्योभन्दा माथि उठेर काम गर्दै आएको बताउनुभयो ।

राजनीतिक परिवर्तनसँग सरकारको नेतृत्व फेरबदल भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले गुनासो नआउने गरी प्रभावकारी काम गर्न उहाँले आग्रह गर्नुभयो। ‘हामी आउँछौं जान्छौं, दलको राजनीतिक प्रतिबद्धता अनुसार हामीले कार्यक्रमहरु ल्याउँछौं, त्यसलाई कानुनी मान्यता पाउने गरी कार्यान्वयनमा लैजाने तपाईहरु नै हो, तपाईहरुको कार्यशैलीमा सरकारको सफलता र असफलता निर्भर छ ।’ यो तालिमले कर्मचारीको वृत्ति विकासमा समेत सघाउने भएकाले त्यही अनुसार यसको उपभोग गर्नु पर्ने उहाँको भनाइ थियो । प्रदेश सरकार बजेटको सिमितताबीच अगाडि बढिरहे पनि कर्मचारीको क्षमता अभिवृद्धिका लागि कुनै कन्जुस्याइँ नगरेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमालले तालिममा जुसुकैले पनि ज्ञान, सीप र व्यहारमा परिवर्तन गर्ने शैली सिक्ने भएकाले त्यसको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो ।

मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले सेवाग्राही आएर पहिला ठोक्किने नै सहायकस्तरका कर्मचारीसँग भएकाले नरम र सहज व्यवहार प्रस्तुत गर्न आग्रह गर्नुभयो । संघीय शासन प्रणालीमा ३ तहका सरकारबीच समन्वयकर्ताको भूमिका समेत कर्मचारीले निभाउनुपर्ने भन्दै उनले कर्मचारीमाथि सरकारले गरेको लगानीको सही नतिजा आउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायकस्तरका कर्मचारीका लागि थालेको ३० कार्यदिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा शैद्धान्तिक व्याहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी दिनुभयो । कर्मचारीको ज्येष्ठताका आधारमा मापदण्ड बनाएर कर्मचारी छनोट गरिएको र पहिलो चरणमा ६० जना छानिएको उहाँले बताउनुभयो । १ सय २० जनालाई यो तालिम प्रदान गरिनेछ । तालिममा ११ जिल्लामा संघ, प्रदेश र स्थानीय तहका कार्यालयका कर्मचारी सहभागी छन् ।

२० महिना अघि स्थापित प्रतिष्ठानले ५ वर्षे रणनीति बनाएर त्यही अनुसार अगाडि बढेको उहाँले बताउनुभयो । २ वर्ष भित्रमा सुविधासम्पन्न भवन निर्माण गरेर प्रशिक्षण र अनुसन्धानमा प्रतिष्ठानलाई अब्बल सावित गर्ने प्रतिबद्धता उहाँले बताउनुभयो । यो तालिम लिएपछि कर्मचारीको बढुवाका लागि २ नम्बर थपिन्छ । तालिमका सूचना प्रकाशन गर्दा १ सय ७८ जनाले आवेदन दिएको र तीमध्ये १ सय २० जना छानिएका हुन् । बाँकीलाई पनि क्रमश तालिम प्रदान गरिने पाण्डेले बताउनुभयो ।