१९ माघ २०८१, शनिबार
,
Latest
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति तय



अ+ अ-

गण्डकी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । अधिवेशनका लागि निर्वाचन अधिकृतका रुपमा खटिनुभएका रामचन्द्र पौडेल (आरसी)ले आज जिल्लाका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिसँग बैठक गरी मतदानस्थल तोक्नुभएको पार्टी प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

जिल्ला सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैंठकले जिल्ला, क्षेत्र र प्रेदशसभा अधिवेशनको अघिल्लो दिन उम्मेद्वार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ । प्रवक्ता सिग्देलका अनुरसार मङ्सिर ३ गते हुने प्रदेशसभा अधिवेशनका लागि २ गते, ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि ५ गते र १० गतेको जिल्ला अधिवेशनका लागि ९ गते उम्मेद्वार मनोनयन दर्ता गर्नुपर्ने छ ।बैठकले मङ्सिर ६ गते हुने क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि मङ्सिर ३ गते हुने १ (क) को मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस र १ (ख)को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङ तोकेको छ ।

त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ । २ (क)को पोखरा विरौटा र २ (ख)को पोखरा चिप्लेढुङ्गा पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ । क्षेत्र नं ३ को अधिवेशनका मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ । ३ (क) को लागि हेमजास्थित पार्टी कार्यालय र ३९ख०को लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ । मङ्सिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा हुने पार्टीले जनाएको छ ।