७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति तय

मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति तय
अ+ अ-

गण्डकी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । अधिवेशनका लागि निर्वाचन अधिकृतका रुपमा खटिनुभएका रामचन्द्र पौडेल (आरसी)ले आज जिल्लाका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिसँग बैठक गरी मतदानस्थल तोक्नुभएको पार्टी प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

जिल्ला सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैंठकले जिल्ला, क्षेत्र र प्रेदशसभा अधिवेशनको अघिल्लो दिन उम्मेद्वार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ । प्रवक्ता सिग्देलका अनुरसार मङ्सिर ३ गते हुने प्रदेशसभा अधिवेशनका लागि २ गते, ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि ५ गते र १० गतेको जिल्ला अधिवेशनका लागि ९ गते उम्मेद्वार मनोनयन दर्ता गर्नुपर्ने छ ।बैठकले मङ्सिर ६ गते हुने क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि मङ्सिर ३ गते हुने १ (क) को मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस र १ (ख)को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङ तोकेको छ ।

त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ । २ (क)को पोखरा विरौटा र २ (ख)को पोखरा चिप्लेढुङ्गा पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ । क्षेत्र नं ३ को अधिवेशनका मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ । ३ (क) को लागि हेमजास्थित पार्टी कार्यालय र ३९ख०को लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ । मङ्सिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा हुने पार्टीले जनाएको छ ।