७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

राष्ट्रिय गौरवका आयोजनामा अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग आवश्यक छ– मन्त्री डा. रिजाल

राष्ट्रिय गौरवका आयोजनामा अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग आवश्यक छ– मन्त्री डा. रिजाल
अ+ अ-

काठमाडौँ । रक्षामन्त्री डा मीनेन्द्र रिजालले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय ढङ्गबाट निर्धारित समयमै पूरा गर्न अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उहाँले समीक्षामा उठेको विषयवस्तुको गाम्भीर्यतालाई हेक्का गरी जिम्मेवारपूर्वक कार्य सम्पादन गर्न विभिन्न मन्त्रालयका सहभागी प्रतिनिधिलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “आज यो मन्त्रालयले के कुरा राख्यो, विभिन्न मन्त्रालयबाट आउनुभएको प्रतिनिधिले के कुरा सुन्नुभयो, के भन्नुभयो, एउटै बुझाइ हुनुप¥यो । अनि मात्र समयमै गुणस्तरीय परिणाम दिन सक्छौँ ।”प्रधानसेनापति प्रभुराम शर्माले सेनाको व्यवस्थापनमा रहेको आयोजना ढिलासुस्ती र अनियमितता नहुने स्पष्ट  पार्नुभयो । उहाँले भन्नुभयो, “शून्य बजेट कल्पना गरी कामको जिम्मेवारी दिइने प्रवृत्ति अन्त्य हुनुपर्छ, मुलुकका विभिन्न भागमा भएका विपद्का घटनापछि सेनाले जनतालाई सक्दो सहयोग पु¥याइरहेको छ । प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र नभई राज्यकै इज्जत र प्रतिष्ठा हो ।”

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयालले राज्यले सफल अभ्यासका रूपमा राष्ट्रिय गौरवका सडक पूर्वाधार निर्माणमा सेनालाई जिम्मेवारी दिने क्रममा द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रक्षा मन्त्रालयबाट सम्पादित कार्यलाई परिष्कृत र विशिष्टिकृत तुल्याउँदै लैजानुपर्छ, अनुकरणीय ढङ्गबाट अघि बढाउन खोजिएको प्रतिरक्षा विश्वविद्यालय निर्माणलाई सबै तहले सहयोग पु¥याउन आवश्यक छ, आयोजना समयमै पूरा गर्न बजेट, क्षमता र समयबीच तादात्म्यता मिलाउन सक्नुपर्छ ।”

 मन्त्रालयका सचिव बेगेन्द्रराज शर्माले राष्ट्रिय गौरवलगायतका आयोजनामा कम्तीमा पनि पूर्वानुमानयोग्य बजेटको सुनिश्चितता हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेटको सुनिश्चितता, समयमै अख्तियारी, प्रतिरक्षा विश्वविद्यालयलाई बहुवर्षीय आयोजना स्वीकृति र बेरुजु फछ्र्योटमा सहजीकरण, सेनाको विज्ञता र व्यावसायिकताअनुसार जिम्मेवारी प्रदान गरिनुपर्छ ।”
प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष बालानन्द शर्माले विश्व विद्यालयको सीमाङ्कन क्षेत्रभित्रको १०० रोपनी जग्गा समयमै अधिग्रहण गर्न, पहुँचमार्ग फराकिलो तुल्याउन तथा समितिमा नियुक्ति पाएका पदाधिकारीको पारिश्रमिकका लागि बजेट व्यवस्थाका लागि आग्रह गर्दै आयोजनाको लक्ष्यभन्दा बढी काम भएको जानकारी दिनुभयो ।

सो अवसरमा अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय तथा राष्ट्रिय योजना आयोगका प्रतिनिधिले रक्षामन्त्रालय मातहत सञ्चालित राष्ट्रिय गौरव र अन्य विकास आयोजनालाई समयमै सम्पन्न गर्न सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा नेपाली सेना इन्जिनियरिङ महानिर्देशनालयका प्रमुख उपरथी शरदलाल श्रेष्ठले कर्णाली कोरिडरसहित विभिन्न सडक आयोजना र राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख सहायकरथी विकास पोखरेलले आयोजनाका लागि समयमै बजेटको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

द्रुतमार्ग आयोजनाको समग्र वित्तीय प्रगति १४।५१ र भौतिक प्रगति १६।१० रहेको जानकारी दिइयो । करिब एक खर्ब ७५ अर्ब १९ करोड लागत अनुमान गरिएको उक्त आयोजनाको हालसम्म बजेट खर्च रु २५ अर्ब ३९ करोड रहेको विवरण प्रस्तुत गरियो ।

समीक्षामा मन्त्रालयका सहसचिव डा बाबुराम अधिकारीले चालु आर्थिक वर्षका लागि मन्त्रालयलाई विभिन्न निकायबाट प्राप्त स्रोतसमेत रु ६५ अर्ब ५४ करोड ९२ लाख बजेट प्राप्त भएकामा हालसम्मको वित्तीय प्रगति २७.६७ रहेको जानकारी दिनुभयो ।

समीक्षामा मन्त्रालयका तर्फबाट द्रुतमार्गका लागि खोकना क्षेत्रको जग्गा प्राप्तिमा कठिनाइ भएको, रुख कटानको जटिलता कायमै रहेको, प्रतिरक्षा विश्वविद्यालय बहुवर्षीय आयोजनका रूपमा स्वीकृत नभएको, बेरुजु फछ्र्योटमा विशेष ध्यान दिन जरुरी रहेको तथा  बहुवर्षीय योजनाअनुरूप बजेट सुनिश्चित हुनु पर्नेलगायतका विषयमा प्रस्तुती भएको थियो ।

मन्त्रालय मातहत दू्रतमार्ग, विभिन्न पाँच वटा सडक आयोजना, प्रतिरक्षा विश्वविद्यालय निर्माण, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण, ऐतिहासिक गढी किल्ला संरक्षण र विकास, बङ्करदेखि ब्यारेकलगायतका महत्वपूर्ण आयोजना र कार्यक्रम सञ्चालनमा छन् ।