काठमाडौं । काठमाडौंको सुन्धाराबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केही कार्यकर्ताहरु प्रहरी नियन्त्रणमा परेका छन् । उनीहरुले सुन्धारा क्षेत्रको सडकमा टायर बालेर बाटो अबरुद्ध गर्दै थिए ।
पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको हो ।
तशर्थ काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव परेको छ । बन्दको प्रभावले गर्दा सार्वजनिक यातायातहरु पनि अन्य दिनमा जस्तो चलेको देखिदैन् ।