काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारीले आज पनि छलफल गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका पाँच न्यायाधीशबाहेकका अन्य न्यायाधीशहरू र बार पदाधिकारी आन्तरिक छलफलमा जुटेका हुन् ।
सोमबारको बैठकमा सहभागी नभएका ‘विद्रोही न्यायाधीश’ पक्षका पाँच न्यायाधीश आजको बैठकमा पनि सहभागी नहुने बुझिएको छ ।
असन्तुष्ट न्यायाधीशहरुलाई साथ दिन नसकिने निष्कर्षमा पुग्ने न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठ सोमबारको बैठकमा उपस्थित थिएनन् ।