४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

‘वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउन प्रक्रिया थाल्छौँ’

‘वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउन प्रक्रिया थाल्छौँ’
अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताउनु भएको छ । सोमबार बोर्डले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई कारबाही गर्ने बताउनु भएका हो । 

उहाँले ब्रोकरहरुले लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने गरेको पाइएका तत्काल कारबाही गर्ने बताउनु भयो । साना लगानीकर्ताको हितमा बोर्डले काम गर्नु पर्ने अबको आवश्यकता भएको अध्यक्ष हमालको भनाई छ । उहाँले कसैले पनि साना लगानीकर्तालाई अफ्ठ्यारो पर्ने किसिमले नभएर साना लगानीकर्ताको हितमा काम नियमावलीहरु बनाउनु पर्ने जरुरी रहेको बताउनु भयो ।अहिले लगानीकर्तालाई लागत बढी लागि रहेको स्वीकार गर्दै उहाँले शुल्क घटाउने विषयमा अध्ययन गर्ने अध्यक्ष हमालले उल्लेख गर्नु भयो । अध्यक्ष हमालले कुनै पनि इन्साइडर ट्रेडिङ गरेको प्रमाणित तत्काल कारबाही गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘लगानीकर्ताको हितको लागि धितोपत्र बोर्डले अहिले साना लगानीकर्तालाई कसरी प्रयोग गर्ने । कुनै पनि बजारको मुद्धामा वा बजारको नियमावलीमा होस् प्रोभिजन लगायत सबै कुराको केन्द्रित साना लगानीकर्ताहरुलाई अफ्ट्यारो पर्ने काम नहोस् । प्लस टु को  सेटलमेन्टको कुरा होस् त्यो तुरुन्त होस्। टि प्लस टुको सेटलमेन्ट नभए हामी ब्रोकरलाई तुरुन्त कारबाही गछौं ।लगानीकर्ताको पैसा ब्रोकरका साथीहरु कसैले जानेर वा नजानेर टि प्लस टु सेटलमेन्ट नगर्ने, अन्य क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई एक महिनापछि मात्रै पैसा दिने काम भएको छ भने धितोपत्र बोर्डले उचित कारबाही गर्छ । साना लगानीकर्तालाई बचाउनु प¥यो । अहिलेको प्राइमरी मार्केट लागत बढी छ । जुन लगानीकर्ताको लागि बढी  लागत छ । शुल्कका कुरा छ त्यलाई हामी अध्ययन गछौं । अहिलेको प्रविधि बढेको अवस्था अनुसार गर्दा लगानीकर्तालाई अफ्ठ्यारो नहुने गरी कुन मोडलमा हुन्छ । त्यो मोडलको अध्ययन गरेर लगानीकर्तालाई राहत दिने योजना छ। इन्साइडर ट्रडिङ भएको छ भने कारबाही गछौं ।

त्यस्तै अध्यक्ष हमालले धेरै नाफा कमाउने रियल स्टे«ड कम्पनीहरुलाई बुक विल्डिङ बाट आईपीओ जारी गर्न दिएर पुँजी बजारमा ल्याउने बताउनु भयो । उहाँले नेपालमा १२ सय भन्दा धेरै सरकारलाई राजश्व तिर्ने कम्पनीहरु नै नेप्सेमा सुचिकृत नभएकाले त्यस्ता कम्पनीलाई नेप्सेम समावेश गर्न बोर्डले सहजिकरण गर्ने योजना रहेको बताउनु भयो । अध्यक्ष हमालले घरजग्गा कारोबार गर्ने कम्पनीहरु नेप्सेमा आए बोर्डले सहजिकरण गर्न तयार रहेको बताउनु भयो । उहाँले ठूला कम्पनीहरु नेप्सेमा समावेश भए लगानीकर्ताको जोखिम कम हुने दाबी गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ रियल स्टेर्ड कम्पनीहरुलाई पनि हामीले नेप्सेमा ल्याउनु छ । १२ सय भन्दा बढी धेरै राजश्व तिर्ने कम्पनीहरु रहेका छन । यस्ता कम्पनीहरु कमै मात्र समावेश छौं । त्यस्तै बुक विल्डिङको तयारीलाई अगाडी ल्याउनु छ । विश्व भरी यो प्रणालीको रहेको छ । तर हाम्रो भूमिका निश्पिक्ष हुनु पर्छ । हामीले मापदण्डलाई सहि तरिकाले लगानु प¥यो। सबैलाई एउटै मापदण्ड लागू गर्नु पर्छ । जुन निर्देशिका छ त्यो निर्देशिका अन्य देशको अध्ययन अनुसार बनाएको हो । समय शापेक्ष अनुसार परिमार्जन गर्नु पर्छ । रियल स्टेड कम्पनीहरु नेप्सेमा आउनुस हामीले के सहजीकरण गर्नु पर्छ गर्न तयार छौं । धितोपत्र बोर्डले यस्ता कम्पनीहरुलाई उचित सहजिकरणको भूमिका निर्वाह गर्छ । सबै कम्पनीहरुलाई एउटै मापदण्डमा पारदशिरुपमा आवद्ध हुने वातावरण सृजना गछौं । यो जरुरी छ हामीलाई । ठूला कम्पनी नेप्सेमा आउँदा लगानीकर्ताको लागि राम्रो हो । लगानीकर्तालाई जोखिम कम हुन्छ ।

त्यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष हमालले वित्तीय साक्षरता बढाउनको लागि क्यापिटल मार्केट सेन्टर नै खोल्ने तयारीमा बोर्ड लागेको जानकारी दिनु भयो। उहाँले अहिले १८.५ प्रतिशत वित्तीय साक्षरता रहेको त्यसलाई बढाउनु पर्ने आवश्यकता हरेको उल्लेख गर्नु भयो । अध्यक्ष हमालले  नेप्से, सिडिएससी, ब्रोकर, मर्चेन्ट बैकर्ससँग मिलेर कार्ययोजना बनाएर काम गर्ने बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा क्यापिटल मार्केट सेन्टरको फाउण्डेशन भए पनि तयारी पर्ने योजनामा आफू रहेको उल्लेख गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ वितिय साक्षरतामा दुई तीन वटा कुराहरु छन । जुन हामीले ठोस रुपमा लाग्नु पर्ने छ । वितिय साक्षरतामा मेरो दुई वर्षको कार्यकालमा क्यापिटल मार्केट सेन्टरको फाउण्डेसन तयारी बनाउने र वितिय साक्षरताको प्रमुख अभियान हो । क्यापिटल मार्केट सेन्टर यसकारण आवश्यकता छ की वितिय साक्षरताको पहिलो मापदण्ड पहिलो पिल्लर यो बन्ने छ । क्यापिटल मार्केट सेन्टर अगाडि देखि अध्ययन गरिरहेका छौं । अब निरन्तर हामी यो अभियानमा हिड्छौं । यो पछि मार्केट सटिफिकेसन कार्यक्रम गछौं । ब्रोकर बन्नलाई ब्रोकरको एजेन्ट बन्नालाई कस्तो सटिफिकेसन प्रोग्राम चाहिन्छ । मर्चेन्ट बैंकमा काम गर्ने कर्मचारीलाई कस्तो खालको कार्यक्रम चाहिन्छ । सबै मार्केटको इको सिस्टममा काम गर्ने कर्मचारीहरुको सटिफिकेसन प्रोग्राममा खाका तयार गरेर बनाउछौं । यो लगानीकर्ताको हितको कुरा हो । यो एउटा टुल्स हो हामी टुल्स बनाउँछौं ।’

अध्यक्ष हमालले बोर्डको स्वामित्वमा भएको जमीन नदीको किनार रहेको र उक्त स्थानमा बोर्डको भवन नबन्ने नसक्ने बताउनु भयो । उहाँले बोर्डले बोर्डको कार्यालय सबैले देख्ने स्थानमा हुनुपर्ने भएको भन्दै पायक पर्ने स्थानका हुनु पर्ने दाबी गर्नु भयो । हमालले बोर्डले भवन एकपटक बनाउने भएकाले राम्रो र उचित स्थानमै बनाउने गरी सरकारसँग सहकार्य गर्ने बताउनु भयो । उहाँले नयाँ नेप्से नेपालमा आवश्यक भएन नभएको विषयमा अध्ययन गर्नु जरुरी रहेको बताउनु भयो । अध्यक्ष हमालले नेप्सेमा नीजि क्षेत्रको लगानीमा खोल्दा पारदर्शिता हुने उल्लेख गर्नु भयो। उहाँले भन्नुभयो,‘ पुरोना जग्गा किनेको स्थानमा कार्यालय बनाउन उचित हुदैन । विल्डिङ दुई पटक बनाउन स्क्दैनौं । २७ वर्ष पछि कार्यालय भवन बनाउने चाहाना राखेका छौं अहिले । त्यो पनि त्यो पनि गलत ठाउँमा बनाउने । बरु अलि दुख गरेर भए पनि त्यो उचित ठाउँमा हुनु पर्छ । कार्यालय उचित ठाउँमा बनाउनको लागि बोर्डले एउटा एक्सन लिदै छौं । सरकारकै अर्को अङगसँग जग्गा किन्ने भएकाले समस्या आउँदैन । सरकारसँगको सहकार्यमा उचित स्थानमा जग्गाको व्यवस्थापनलाई पहल गरिरहेको छु । नेपालमा अर्को नेप्से चाहिन्छ चाहिदैन भन्ने विषयमा अध्ययन भइरहेको छ । विगत १२ वर्ष अगाडि देखि भएको बहस हो यो। नेप्सेको रि स्टकचरिङकमा नीजि क्षेत्रको लगानी भयो भने कम्प्रिरेटिभ हुन्छ की । कामकारबाही प्रादरर्शि हुन्छ की भन्न चाहाना स्वभाविक हो  । ठोस प्रयासहरु भएको छैन ।’

अध्यक्ष हमालले विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिने विषयमा पनि अध्ययन भइरहेको बताउनु भयो । अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्सलाई रोक्नका लागि विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिनु आवश्यक रहेको उहाँको भनाई छ । त्यस्तै अध्यक्ष हमालले बैकलाई ब्रोकर लाइसेन्स  दिने वा निदने बिषयमा गहन अध्ययन गर्नु पर्ने बताउनु भयो । त्यस्तै उहाँले टीएमएसमा देखिएको समस्या साधान गर्ने, गुनासो व्यवस्थापन गर्न एप बनाउने तयारीमा बोर्ड रहेको जानकारी दिनुभयो ।