७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

सर्वोच्चमा देखिएको समस्या एक/दुई दिन भित्रै समाधान हुन्छ- प्रचण्ड

सर्वोच्चमा देखिएको समस्या एक/दुई दिन भित्रै समाधान हुन्छ- प्रचण्ड
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या एक/दुई दिन भित्रै समाधान हुने विश्वास व्यक्त गर्नु भएको छ ।

बुधबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष दाहालले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित बक्तव्य जारी गरेको उल्लेख गर्दै अव त्यो विषयमा बढि बोली राख्नु आवश्यक नभएको प्रतिक्रिया समेत दिनु भयो । सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिको मंगलबार (हिजो) बसेको बैठकले अदालतमा देखिएको समस्या अदालत भित्रैबाट छिटो समाधानहोस् भन्ने चाहेको बताएको थियो ।

अध्यक्ष दाहालले अदालतमा देखिएका समस्याबारे सत्तारुढ गठबन्धनको सोही धारणा रहेको स्मरण गराउँदै त्यसलाई समाधान गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने अपेक्षा गरिएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हिजो त हामीले बोल्यौं नि त । हिजो पाँच दलीय गठबन्धनको जो समन्वय समिति छ । त्यसको बैठक बसेको थियो । र त्यो बैठकले अदालतमा देखा परेको समस्याप्रति गम्भिर ध्यानाकर्षण भएको,  त्यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने हाम्रो अपेक्षा रहेको र त्यसको निम्ति सबै पक्षले आ–आफनो ठाउँबाट समस्या समाधान गर्न पहल गर्ने आशा व्यक्त गरेको भनेर हामीले एउटा सन्तुलित वक्तव्य दिएका छौं ।

हामी एक–दुई दिन आशा गर्छौं कि समस्या अदालत भित्रबाटै समाधान होस् । त्यही हिसाबले हिजो हामीले बोलेका छौं । त्यो विषयमा अदालत भित्रबाट सुल्झियोस् भनेर हामीले वक्तव्य दिईसकेको हुनाले अहिले त्यो विषयमा बढि बोली राख्नु परेन ।’

अध्यक्ष दाहालले आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति गरिएको बताउनु भयो ।