७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

कांग्रेसको १४ औं महाधिवेशनः जिल्ला सभापतिका लागि कट्टेल र थेबे मैदानमा

कांग्रेसको १४ औं महाधिवेशनः जिल्ला सभापतिका लागि कट्टेल र थेबे मैदानमा
अ+ अ-

झापा । राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको झापामा नेपाली कांग्रेसको सभापति पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पार्टीको १४ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा वर्तमान उपसभापति राम कट्टेल र पूर्वउपसभापति देउमान थेबेले जिल्ला सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेर कार्यकर्तासँग मत माग्न थालिसक्नुभएको छ । दुवै उम्मेदवारलाई जिताउन केन्द्रीय नेता तथा स्थानीय कार्यकर्ता दुई खेमामा विभाजित भएका छन् भने अलगअलग प्रचार समिति गठन गरिएका छन् ।

झापामा पाँच निर्वाचन क्षेत्र, १० प्रदेश निर्वाचन क्षेत्र र १५ पालिका छन् । अहिलेदेखि नै गाउँ गाउँमा दुवै उम्मेदवारले समूह बनाएर आफ्ना नीति, कार्यक्रम र धारणा कार्यकर्तामाझ पुर्‍याउन थालिसकेका छन् । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा झापामा दुई खेमा बनेको बताइएको छ । सभापतिका उम्मेदवार राम कट्टेललाई प्रवक्ता शर्मा र देउमान थेबेलाई पूर्वमहामन्त्री सिटौलाको खुला समर्थन रहेको पार्टीका कार्यकर्ता बताउँछन् । पार्टीका जिल्ला सभापति उद्धव थापा, पूर्वसांसद सुधीरकुमार शिवाकोटी, केशवकुमार बुढाथोकी, प्रचार विभागका प्रमुख कृष्ण हुमागाई थेबेको पक्षमा मत माग्ने अभियानमा सहभागी हुनुहुन्छ ।

त्यसैगरी, सभापतिका अर्का उम्मेदवार राम कट्टेललाई जिताउन धुलाबारी क्याम्पसका प्रमुख एवं बौद्धिक व्यक्तित्व पुष्पराज पौडेलको संयोजकत्वमा राम कट्टेल जिताउ अभियान समिति गठन भएको छ । संविधानसभा सदस्य उषा गुरुङ, जिल्ला समितिका सचिवद्वय ताराबीर कटुवाल र प्रेम सम्बाहाम्फे, नेपाल शिक्षक महासङ्घका पूर्वजिल्ला अध्यक्ष तेजप्रसाद चौलागाई, जिल्ला प्रवक्ता लोकराज ढकाललगायतका नेताहरु कट्टेलको पक्षमा खुलेर मत मागिरहनुभएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा नेपाली कांग्रेसको नेतृत्वको बागडोर कसले लिन्छ भन्ने विषय राष्ट्रिय राजनीतिमा समेत चासोपूर्वक हेरिएको छ । 

भद्र सहमतिको विवाद

पार्टीको १३ औँ महाधिवेशनका बेला जिल्ला सभापति पदमा अहिलेका उम्मेदवार देउमान थेबे र अहिलेका सभापति उद्धव थापाबीच प्रतिस्पर्धाको माहोल थियो तर नेताहरु सिटौला र शर्माबीचको सहमतिमा उद्धव थापालाई त्यसबेला सर्वसम्मत सभापति चयन गरिएको थियो । नौबुँदे सहमति पत्र तयार पारेर उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष लगायतका पदमा भागबण्डा गरिएको थियो । सहमतिको कुनै पनि बुँदामा नलेखिए पनि १४ औँ महाधिवेशनमा थेबेलाई सर्वसम्मत सभापति बनाउने विषयमा भद्र सहमति भएको थेबे पक्षधरको दाबी छ ।

थेबे पक्षधरले भद्र सहमतिको पालना गर्न कट्टेल पक्षलाई दबाब दिइरहेकोसमेत छ तर, थेबेलाई सभापति पदमा सर्वसम्मत बनाउने भनेर कुनै सहमति नभएको कट्टेल पक्षको भनाइ छ । १३ औँ महाधिवेशनमा सभापति पद सर्वसम्मत गराउन उम्मेदवारी त्याग गरेको विषयमा उच्च मूल्याङ्कन गर्दै नौबुँदे सहमतिको पहिलो बुँदामा थेबेको राजनीतिक भूमिकालाई सम्बद्र्धन गरिने उल्लेख छ ।

यही बुँदाका विषयमा दुवै खेमाबीच फरक फरक व्याख्या भइरहेको छ । कट्टेल पक्षमा रहेकी संविधानसभा सदस्य उषा गुरुङले थेबेलाई सभापति पद दिइनुपर्छ भनेर कुनै भद्र सहमति नभएको जनाउँदै बरु उहाँलाई त्यसबेलै जनवर्गीय सङ्गठन हेर्ने गरी विभागीय प्रमुख र प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बनाइएको बताउनुभयो । थेबे पक्षमा लाग्नुभएका संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले थेबेलाई उहाँको त्यसबेलाको त्यागको सम्मान गर्दै अर्को अधिवेशनमा सर्वसम्मत सभापति बनाउने भनेर भद्र सहमति भएको बताउँदै आउनुभएको छ ।

त्यही सहमतिअनुरुप पार्टीमा उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको जनाउँदै उहाँले अहिले आएर भद्र सहमति तोड्नु राजनीतिक रुपमा बेइमानी हुने शिवाकोटीको आरोप छ । 

प्रदेशसभा क्षेत्रको चुनाव आज

प्रदेशसभा क्षेत्रस्तरीय निर्वाचन आज झापाको १० वटै प्रदेश निर्वाचन क्षेत्रमा भइरहेको छ । हरेक क्षेत्रमा क र ख गरी दुई सभापति र पदाधिकारीको चयन यही निर्वाचनले गर्ने छ । निर्वाचन क्षेत्र नं ४ को प्रदेश ‘क’ क्षेत्रको सभापति पदमा विनोद ढकाल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश ‘ख’ क्षेत्रमा उपसभापतिद्वय रोहित खवास र छत्र पाण्डे र सचिवद्वयमा डिल्लीराम घोर्साइ र बेदनिधि अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

मतदानस्थलमा आज बिहानैदेखि मतदाता रहेका क्षेत्रीय प्रतिनिधिको भीड लागेको छ । पार्टीले निर्वाचनलाई निकै व्यवस्थित बनाएको हुँदा चुनावी प्रक्रिया निष्पक्ष र स्वच्छ हुने बताइएको छ । (रासस, चन्द्रकला भण्डारी)