७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

साहित्यले समाजको विकासक्रमको यथार्थ चित्रण गर्छ रक्षामन्त्री डा. रिजाल

साहित्यले समाजको विकासक्रमको यथार्थ चित्रण गर्छ रक्षामन्त्री डा. रिजाल
अ+ अ-

काठमाडौँ । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले साहित्यले समाजको यथार्थ चित्रण गर्न बताउनुभएको छ । शुक्रवार ‘१२खरी कथा लेखन प्रतियोगिता –२०७८ विजेता घोषणा तथा पुस्तक विमोचन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले साहित्यले समाजको विकासक्रमको यथार्थ चित्र प्रस्तुत गर्ने बताउनुभएको हो ।

उहाँले तत्कालीन समयको सामाजिक अवस्था, समृद्धि, राजनीति, ज्ञानविज्ञानका कुराको प्रतिविम्व सम्बन्धित विषयसँग सम्बन्धित पुस्तकले भन्दा साहित्य र साहित्यका पात्रहरुले साँचो अर्थमा दिने उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘आफ्नो विचारलाई, भनाईलाई बलियो साथ प्रस्तुत गर्न अथवा समाजको विकासको क्रममा समाज यहाँनिर उभिएको छ भनेर देखाउनका लागि, बताउनका लागि सहज रुपमा त्यहाँको साहित्यका पात्रहरु, साहित्यहरु, साहित्य कुन सिमा र परिधी स्वीकारेर लेखिए त्यसले समाजलाई कसरी ऐनाझैँ चित्रित गरेको छ भन्नेकुरा लगायत समृद्धिको, राजनीतिको, राजनीति शास्त्रको, नीति, ज्ञान विज्ञानको कुरा लेख्ने बेलामा समाज कसरी थियो, कहाँ थियो भन्ने क्रममा सिधै त्यसबेला पाइएको डेटा, त्यसबेला लेखिएको त्यही विषयको कुराभन्दा त्यहाँ भएको साहित्य, लेखन, उपन्यासले साँचो अर्थमा त्यो ऐना दिन्छ ।’

उहाँले समकालीन साहित्यले समाजको समग्र पाटोबारेमा अध्ययन गर्ने एउटा बलियो र गहिरो आँखा दिने पनि बताउनुभयो । १२ खरि कथा लेखन प्रतियोगिता –२०७८ मा ‘अन्तिम अतिथि’ शीर्षकको कथाका लागि मनोजादित्य न्यौपानेले प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी ‘बुढो घर’ शीर्षकको कथाका लागि स्वप्निल नीरवले दोस्रो पुरस्कार र  ‘मुडुली’ शीर्षकको कथाका लागि रेणुका जिसीले तेस्रो पुरस्कार प्राप्त गर्नुभएको छ ।

प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः एक लाख रुपैयाँ, साठी हजार रुपैयाँ र चालिस हजार रुपैयाँ रहेको आयोजक १२खरि मिडियाले जनाएको छ । कार्यक्रममा उत्कृष्ट २२ कथाकारहरुलाई पनि प्रमाणपत्रसहित पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।