२५ असार २०८३, बिहीबार
,
Latest
एक चीन नीतिप्रति दृढ रहन र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिन पूर्वप्रधानमन्त्री खनालको आग्रह निर्माण क्षेत्रका समस्या समाधानबारे प्रधानमन्त्रीले व्यवसायीसँग छलफल गर्दै अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने अमेरिका–इरान सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व संकलन चीनका लागि ७ पूर्वराजदूतको सरकारलाई प्रश्न: छिमेकीसँगको परराष्ट्र नीति बदलेका हो ? तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बलात्कार पीडितका न्यायको लागि सगरमाथाबाट अमृतको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि



अ+ अ-

काठमबडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ७००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० कायमभएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९३ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २७० पुगेकोे महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । रासस