१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झूठ शशांकले बोले कि शेखरले  ?



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन जति नजिकिँदै छ, त्यति नै गुटमा गडबडी बढिरहेको छ । अनि गुट बन्ने र भत्किने क्रम पनि बन्ने र भत्किने गरिरहेको छ । खासगरी पछिल्लो समय सभापति पदका आकांक्षी रामचन्द्र पौडेलको गुट छिन्नभिन्न हुन पुगेको छ । 

पौडेलले अघिल्लो शुक्रबार बोलाएको गुट भेला प्रकाशमान सिंहले वहिष्कार गरेबाट उत्पन्न भएको तरंगले धेरैतिर हानेको छ । यसले पौडेल समुह एकढिक्का नरहने र वर्तमान सभापति शेर बहादुर देउवा समुहलाई आगामी नेतृत्व प्राप्त गर्न निकै सहज हुने परिस्थिति बन्दै गएको छ ।

देउवालाई चुनौति दिने भनिरहेको पौडेल समूह कसरी अघि बढ्ने भन्नेमै अलमलमा परेको छ । कोइराला समुहका डा. सशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइराला समेत विभाजित मनस्थितिमा देखिएपछि गुटभित्र खौलाबैला मच्चिएको छ । 

पछिल्लो समय सुजाता कोइरालाले आफै सभापति पदको दाबी गर्दै डा. सशांक र रामचन्द्रलाई कुनै हालतमा सहयोग नगर्ने भनेपछि पौडेल थप सकसमा परेका हुन् । उसो त कोइराला परिवारभित्रै डा. सशांक, शेखर र सुजाताबीच हानाथाप छ । यो क्रम भित्रिभित्रै त थियो नै अहिले बाहिर बजारमै आएको छ । 

चार दिनअघि नेपाली मिडियामा एक समाचार आयो- अब (कोइराला) पक्षधरहरुबाट शेखर मात्र सभापतिको उम्मेदबार । यो प्रचार धेरै मिडियाले गरे पनि । अनि विभिन्न गुट गुटको पक्ष विपक्षी लागिरहेका केही अनलाइनहरुले पनि यो समाचारलाई प्राथमिकतामा राखे । 

तर यो तरंग हौवा बनेर आयो, धेरै टिक्नै सकेन । बिहान सशांक र शेखर कोइराला एकठाउँमा भएका थिए र सशांकले आफू निर्वाचनमा सभापति नउठ्ने र आफ्ना समेत तर्फबाट शेखर कोइरालालाई छोड्ने बताएका थिए रे भन्ने मिडियामा आयो ।

तर केही घन्टामा नै सशांकले संखुवासभामा पुगेर त्यसो होइन भने । उनी त्यहाँ पुगेर आफू नै सभापतिमा उठ्ने बताएका थिए । उनले भनेका थिए- मिडियामा आएको हल्लामात्र हो, काँग्रेसको सभापतिमा म नै उठ्ने हो । 

तर आफूलाई सशांकले सभापतिमा उठ्न छोडिदिएको भनी प्रचार गर्न हतार गरेका शेखर भने अहिले बोलेका छैनन् । त्यसपछि उनको प्रतिक्रिया आएको छैन । उनले यसअघि पनि ठाउँ ठाउँमा पुगेर आफू सभापति उठ्ने भने भनी आएका छन् । 

यहाँनेर काँग्रेसका कार्यकर्तालाई भने भ्रम परेको छ । दुई घन्टाका फरकमा दुई कोइरालाको बोली फेरिँदा वास्तविक के हो, ढाँटेको कस्ले हो भन्ने चाहिँ अझै पत्ता लाग्न सकेको छैन । झुठ् कुन कोइराला बोलेका हुन् भन्ने विषयको खोजी अहिले पनि काँग्रेसका कार्यकर्ताले खाजिरहेका छन् । 

यसमा अर्को पनि रहस्यको कुरा के छ भने उता प्रकाशमानले आफूले पौडेललाई नसघाउने भनेर तयारी गर्दै हिँडेका छन् भने सुजाताको अवस्था पनि त्यस्तै छ । तर दुई कोइरालाका तर्फबाट भने एकै उमेदबार हुने सम्भावना कुनै पनि हालतमा छैन । यसकारण पनि सभापतिमा शेरबहादुर देउवाको अवस्था दिन प्रतिदिन मजबुद बन्दै गएको छ ।