१० असार २०८३, बुधबार
,
Latest
सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै



ग्राफिक तस्वीर
अ+ अ-

काठमाडौँ । पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल  डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हुँदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो । 

नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ । वीरगञ्ज, विराटनगर र भैरहवा नाका पर्दछन् । कृषि सामग्री कम्पनी लिमिटेड २ नं प्रदेश कार्यालय वीरगञ्जका अनुसार सीमापारी भारतीय बजारसम्म आइपुगेको उक्त मल अब नेपालसम्म भित्र्याउने अन्तिम तयारी गरिएको हो । 

सिमापारी भारतीय बजार रक्सौलसम्म आइपुगेको रासायनिक मल (डिएपी)लाई अब तत्कालै नेपाल भित्र्याउने तयारी गरिएको कार्यालयका सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार यसपटक भित्रिएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपीमध्ये नौ हजार भैरहवा नाकाबाट, नौ हजार ५०० वीरगञ्ज नाकाबाट र छ हजार ५०० मेट्रिकटन रासायनिक मल विराटनगर नाकाबाट नेपाल भित्रिने छ । 

यस पटक भित्र्याइएको रासायनिक मल डिएपी विशेष गरी गहुँ, मकै र तोरीलगायत बालीका लागि उपयुक्त मानिन्छ । भारतीय सप्लायर्स कम्पनी इञ्जीयन पोटास लिमिटेडमार्फत नेपाल भित्र्याउन लागेको उक्त रासायनिक मल डिएपी कृषि सामग्री कम्पनी लिमिटेडमार्फत नेपालका विभिन्न भू–भागमा पर्दछ । 

नेपाली भित्रिने विभिन्न मललाई देशका विभिन्न स्थानमा संरचना रहेको कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय सहकारी संस्थामार्फत किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउँदै आएको छ । 

खोप भण्डारण कक्ष स्थापना

प्रदेश नं दुईको एक मात्र महानगरपालिका वीरगञ्जले विविध प्रकारको खोप व्यवस्थापन गर्ने उद्देश्यले खोप भण्डारण कक्ष स्थापना गरेको छ । बालबालिकालाई लगाइने नियमित खोपका साथै वर्तमान अवस्थामा आवश्यक कोभिड विरुद्धको खोप भण्डारण सहज बनाउन महानगरपालिकाले खोप भण्डारण कक्ष स्थापना गरिएको हो ।

स्थापना गरिएको खोप भण्डारण कक्षमा महानगरवासीलाई आवश्यक विविध प्रकारका खोप व्यवस्थापन सहज हुने अपेक्षा गरिएको महानगरका प्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो । उक्त खोप भण्डारण कक्षमा आवश्यकताअनुसार खोप चिसो बनाइ राख्ने रेफ्रिजेरेटर, आइस प्याकफ्रिजर, भ्याक्सिनक्यारियर, कोल्ड बक्सलगायत उपकरण व्यवस्थापन गरिएको महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक रितेश जयसवालले जानकारी दिनुभयो ।

खोप भण्डारण कक्ष सञ्चालनमा आएसँगै महानगरका बालबालिकालाई लगाइने नियमित तथा कोभिडविरुद्धको खोपको अभाव नहुने बताइएको छ ।  अहिलेसम्म महानगरमा आवश्यक खोप अन्य स्थानमा भण्डारण गर्नुपर्ने बाध्यता थियो । अब खोप सहजरुपमा उपलब्ध हुने महानगरपालिकाले बताएको छ । (रासस)