२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

जनताले खनेको बाटो १२ वर्षदेखि अलपत्र

जनताले खनेको बाटो १२ वर्षदेखि अलपत्र
अ अ+ अ-

प्रेम सुनार-गुल्मी, भदौ ११-

सरकारी रकमबाट नेताहरु उपभोक्ता समितिमा रहेर खनेका मोटर बाटाहरु छिट्टै सम्पन्न हुन्छन् तर दिगामका जनता आफैले चन्दा उठाएर खनेको मोटरवाटो भने १२ वर्षदेखि अलपत्र परेको छ ।
दिगाम गाविस वडा नं.७ , ८ र ९ का तीन सय भन्दा वढि घरधुरीले साढे चार लाख रुपैँया चन्दा उठाएर खनेको वोखरदेखि अगाह बजार जोडने साढे तीन किलो मिटर मोटरवाटो सरकारी निकायको दृष्टि पुग्न नसक्दा अलपत्र परेको हो ।
उक्त सडक सम्पन्न गर्न गाविस, जिविस, र दलका नेताहरुलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि अलपत्र परेको समितिका अध्यक्ष हिमलाल भण्डारीले वताए ।
‘२ नंम्वर क्षेत्रका पुर्व सभासद प्रदिपकुमार ज्ञवालीलाई समेत धेरैपटक भनियो, भण्डारीले भने,‘ उहाँँले पनि हुन्छ हुन्छ भनेर टार्नुभयो।’ उनकाअनुसार उक्त सडकको विचसम्म ट्याक्टर आवातजावत गर्न सक्छ । माथि गाउँसम्म लैजानका लागी विचमा पहरो भएकोले स्थानीय वासिको पहुँचभन्दा टाढाको कुरा भएकाले सरकारी निकायको मुख ताक्नुपरेको हो ।
अव त्यस्तै पाँच लाख रुपैँया भए सडक सम्पन्न हुन्छ उक्त सडक सम्पन्न नहुँदा वडा नं. ८ र ९ मा उत्पादित दुध र तरकारी वजारसम्म पु¥याउन कृषकलाई कठिनाई भएको छ । वडा नं. ७ को तल्लो अमराई उपल्लो अमराई घट्टे खोला, राममियाँ, पाणेटोलका १सय २० घरधुरी, वडा नं. ८ को विसौना, वोखर डाँडाखर्क, तल्लो विसौनाका १ सय घरधुरी र वडा नं. ९ को भाँखर्क, एकुडाँडा, वोखर, घलाम, चिलामपोखरी, र भुजेलमारा टोलका १ सय २० घरधुरी सहित ३ सय ४० घरधुरी उक्त सडकवाट लाभान्वित हुने समितिका अध्यक्ष भण्डारी बताए ।

‘ आफुहरुले चन्दा उठाएर खनेको १२ वर्ष नाघि सक्यो ’ समितिका सदस्य गोकर्ण ढकालले भने,‘गाविस जिविस, जताततै धाँउदा पनि सुनुवाई हुन नसकेपछि थकित भएर वसेका छौँ ।’ वडा नं. ९ का उपभोक्ता यमलाला वेल्वासेले हिँजो जनताले चन्दा उठाएर, महिनौँसम्म जनश्रमदान गरेर खनेको वाटो सरकारीा निकायवाट वेवास्ता हुनु विडम्वना भएको वताए । उक्त सडक खन्ने क्रममा कैयौ जनताको खेतीयोग्य जमिन, वनजङ्गल, र पानीको मुहान समेत नष्ट भएको र यतिवेला समिति तै चुप मैचुप भएको प्रति उनी असन्तुष्ट छन् ।
यससम्वन्धमा गाविस सचिव लिलवहदादुर सिंजालीले गाविसमा आउने रकमले नभ्यार त्यो सडक पछाडी परेको बताए । कगाविसमा वर्षेनी आउने रकम अर्को मुख्य सडकको ठुलापहिरो भन्ने स्थानमा पटक पटक पहिरो जाँदा त्यसैलाई सोर्दैमा रकम सकिएको भन्दै उनले केन्द्र र जिविसले त्यस सडक सम्पन्न गर्न रकम दिनु पर्नेमा जोड दिए । स्थानीय विकास अधिकारी हरीप्र्रसाद ज्ञवालीले आफुले अहिलेसम्म त्यो कुरा जानकारीमा नआएको बताए । उनले सञ्चार माध्यम मार्फत आएको स्थानियबासीको गुनासो बुझेर सम्वोधन गरिने बताए । यस्तो कुरा अहिले सम्म मेरो जानकारीमा थिएन उनले भने तपाईले जानकारी गराउनु भयो स्थानियबासीको प्रयासलाई हामी प्रोत्साहित गर्ने छौ । ‘लुकेको वडो रामो कुरा उठाउनुभो, उनले थपे,‘ अहिले म वाहिर छु जिल्लामा आउन साथ त्यो सडक सम्पन्न गर्नका लागी राजनीतिक संयन्त्रमा कुरा राख्छु् । दिगामको ७, ८ र ९ वडा दुग्ध व्यवसाय र तरकारी एवं फलफुल उत्पादनमा अगुवा कृषक मानिदै आएका छन् । यस्तो स्थानमा पनि सरकारी निकायले विकास निर्माणमा वेवास्ता गर्दा आफुहरु कुनै ैटापुको उपनिवेशमा रहेको जनता जस्तो अनुभुति गरेको स्थानीयवासीको गुनासो छ ।