• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छः अध्यक्ष ओली ★   सुनकोसी मरिण डाइभर्सनः सुरुङ खन्न एक सय १० मिटर बाँकी ★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली ★   टेस्लाका मालिक मस्कले किन गरे भारत भ्रमण स्थगित ? ★   एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु ★   महिला टोलीका ६ जनाले मलेसिया सुपर वुमन्स कप खेल्ने ★   संसद् जनताप्रति उत्तरदायी हुनुपर्छः नारायणदत्त भट्ट ★   चेन्नई र लखनउका दुबै कप्तानलाई १२–१२ लाख जरिवाना

जनताले खनेको बाटो १२ वर्षदेखि अलपत्र



प्रेम सुनार-गुल्मी, भदौ ११-

सरकारी रकमबाट नेताहरु उपभोक्ता समितिमा रहेर खनेका मोटर बाटाहरु छिट्टै सम्पन्न हुन्छन् तर दिगामका जनता आफैले चन्दा उठाएर खनेको मोटरवाटो भने १२ वर्षदेखि अलपत्र परेको छ ।
दिगाम गाविस वडा नं.७ , ८ र ९ का तीन सय भन्दा वढि घरधुरीले साढे चार लाख रुपैँया चन्दा उठाएर खनेको वोखरदेखि अगाह बजार जोडने साढे तीन किलो मिटर मोटरवाटो सरकारी निकायको दृष्टि पुग्न नसक्दा अलपत्र परेको हो ।
उक्त सडक सम्पन्न गर्न गाविस, जिविस, र दलका नेताहरुलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि अलपत्र परेको समितिका अध्यक्ष हिमलाल भण्डारीले वताए ।
‘२ नंम्वर क्षेत्रका पुर्व सभासद प्रदिपकुमार ज्ञवालीलाई समेत धेरैपटक भनियो, भण्डारीले भने,‘ उहाँँले पनि हुन्छ हुन्छ भनेर टार्नुभयो।’ उनकाअनुसार उक्त सडकको विचसम्म ट्याक्टर आवातजावत गर्न सक्छ । माथि गाउँसम्म लैजानका लागी विचमा पहरो भएकोले स्थानीय वासिको पहुँचभन्दा टाढाको कुरा भएकाले सरकारी निकायको मुख ताक्नुपरेको हो ।
अव त्यस्तै पाँच लाख रुपैँया भए सडक सम्पन्न हुन्छ उक्त सडक सम्पन्न नहुँदा वडा नं. ८ र ९ मा उत्पादित दुध र तरकारी वजारसम्म पु¥याउन कृषकलाई कठिनाई भएको छ । वडा नं. ७ को तल्लो अमराई उपल्लो अमराई घट्टे खोला, राममियाँ, पाणेटोलका १सय २० घरधुरी, वडा नं. ८ को विसौना, वोखर डाँडाखर्क, तल्लो विसौनाका १ सय घरधुरी र वडा नं. ९ को भाँखर्क, एकुडाँडा, वोखर, घलाम, चिलामपोखरी, र भुजेलमारा टोलका १ सय २० घरधुरी सहित ३ सय ४० घरधुरी उक्त सडकवाट लाभान्वित हुने समितिका अध्यक्ष भण्डारी बताए ।

‘ आफुहरुले चन्दा उठाएर खनेको १२ वर्ष नाघि सक्यो ’ समितिका सदस्य गोकर्ण ढकालले भने,‘गाविस जिविस, जताततै धाँउदा पनि सुनुवाई हुन नसकेपछि थकित भएर वसेका छौँ ।’ वडा नं. ९ का उपभोक्ता यमलाला वेल्वासेले हिँजो जनताले चन्दा उठाएर, महिनौँसम्म जनश्रमदान गरेर खनेको वाटो सरकारीा निकायवाट वेवास्ता हुनु विडम्वना भएको वताए । उक्त सडक खन्ने क्रममा कैयौ जनताको खेतीयोग्य जमिन, वनजङ्गल, र पानीको मुहान समेत नष्ट भएको र यतिवेला समिति तै चुप मैचुप भएको प्रति उनी असन्तुष्ट छन् ।
यससम्वन्धमा गाविस सचिव लिलवहदादुर सिंजालीले गाविसमा आउने रकमले नभ्यार त्यो सडक पछाडी परेको बताए । कगाविसमा वर्षेनी आउने रकम अर्को मुख्य सडकको ठुलापहिरो भन्ने स्थानमा पटक पटक पहिरो जाँदा त्यसैलाई सोर्दैमा रकम सकिएको भन्दै उनले केन्द्र र जिविसले त्यस सडक सम्पन्न गर्न रकम दिनु पर्नेमा जोड दिए । स्थानीय विकास अधिकारी हरीप्र्रसाद ज्ञवालीले आफुले अहिलेसम्म त्यो कुरा जानकारीमा नआएको बताए । उनले सञ्चार माध्यम मार्फत आएको स्थानियबासीको गुनासो बुझेर सम्वोधन गरिने बताए । यस्तो कुरा अहिले सम्म मेरो जानकारीमा थिएन उनले भने तपाईले जानकारी गराउनु भयो स्थानियबासीको प्रयासलाई हामी प्रोत्साहित गर्ने छौ । ‘लुकेको वडो रामो कुरा उठाउनुभो, उनले थपे,‘ अहिले म वाहिर छु जिल्लामा आउन साथ त्यो सडक सम्पन्न गर्नका लागी राजनीतिक संयन्त्रमा कुरा राख्छु् । दिगामको ७, ८ र ९ वडा दुग्ध व्यवसाय र तरकारी एवं फलफुल उत्पादनमा अगुवा कृषक मानिदै आएका छन् । यस्तो स्थानमा पनि सरकारी निकायले विकास निर्माणमा वेवास्ता गर्दा आफुहरु कुनै ैटापुको उपनिवेशमा रहेको जनता जस्तो अनुभुति गरेको स्थानीयवासीको गुनासो छ ।