१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तम्घासबाट कांग्रेस कार्यकता एमाओवादीमा



अ+ अ-

प्रेम सुनार-गुल्मी, भदौ ११ –

केहि दिन अघि नेपाली काग्रेस तम्घासबाट क्रियाशिल कार्यकर्ता कोहि पनि गएका छैनन् भनेर नेपाल तरुण दलले विज्ञप्ती निकाले लगत्तै आज तम्घासबाटै सो पार्टीका युवारुको ठुलो संख्या एकिकृत नेकामाओबादीमा प्रबेश गरेका छन् । प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका क्रिायाशिल सदस्य तम्घास पुतली वजारका गणेश पाण्डे,अर्घाखाँचीको ठुलापोखरा घर भई हाईस्पीड कम्युटरका सञ्चालक कृष्ण खनाल, पुतली वजारका युवा व्यवसायीहरु कृष्ण पौड्याल, महेन्द्र पोखरेल, अर्खले १ का सुभास मरासीनी, दिनेश परियार, छविलाल भुषाल,पशुपति महत, गोपाल परियार रहेका छन् । उनिहरु आज एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर २ ले
सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी प्रवेश तथा पत्रकार भेटघाट कार्यक्रमका विच सो पार्टी प्रबेश गरेका हुन् ।
सोही कार्यक्रममा नेकपा एमाले निकट अनेरास्ववियुका क्षेत्रिय उपाध्यक्ष बाबुराम भुषाल र एमाले कै सदस्य सुभाष परियार पनि सो पार्टी परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । नव प्रवेशीको नेतृत्व गर्दै पुतली बजारको गणेश पाण्डेले आफुले छाडेको पार्टी नेपाली कांग्रेसलाई गाली गर्न नचाहने बताउँदै कांगेसले परिवर्तनको बाटो नलिएकाले एकिकृत माओबादीमा आफुहरु प्रवेश गरेको बताएका थिए । नव प्रवेशीहरुलाई एकिकृत नेकपा माओवादी २ नम्वर क्षेत्रिय संयोजक अशोक थापा ं(मुक्ति), मगराँत राज्य समिति सदस्य गणेश विश्वकर्मा लगायतका नेताहरुले अविर पहिराउँदै पार्टी प्रबेश गराएका थिए ।
नव प्रवेशीलाई स्वागत गर्दै प्रमुख अतिथी थापाले तम्घासलाई कांग्रेसले आफ्नो विर्त नठान्न चुनौती दिए । केहीदिनअघि पनि कांग्रेसवाट तम्घासका थुप्रै युवा माओवादीमा प्रवेश गरेको र अव पनि ठुलो संख्यामा प्रवेश गर्ने लहर चलेको उनले दावी गरे । उनकाअनुसार गत एक महिनाको अन्तरालमा मात्रै क्षेत्र नं. २वाट २ सय १० जना प्रवेश गरेकामध्ये ६० प्रतिशत एमाले र ३० प्रतिशत कांग्रेस र १० प्रतिशत अन्य पार्टि परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् ।
संविधानसभा निर्वाचनमा दुई नम्वर क्षेत्रमा उनले कांग्रेसँग कडा प्रतिस्पर्धा हुने वताए । हिँजो कांग्रेस एमालेको चेपुवामा आफुहरु परपनि अवको चुनावमा त्रिकोणात्मक शक्तिविच कडा प्रतिस्पर्धा हुने उनको भनाई छ । कार्यक्रममा राज्य समिति सदस्य गणेश विश्वकर्माले परिवर्तनको चाहना राख्ने युवाहरुको संख्या अन्य पार्टि परित्याग गरी आउने लहर चलेको वताए। एकीकृत नेकपा माओवादी ८ नम्वर इलाका इन्चार्ज मनिराम ज्ञवालीको अध्यक्ष रहेको कार्यक्रममा जिल्ला सचिवालय सदस्य खुमवहादुर थापाको सञ्चालन रहेको थियो ।