९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुवेदीद्धारा एनआरएन महासचिवमा उम्मेद्धवारी घोषणा



अ+ अ-

सिड्नी, २५ अगष्ट,  गैर आवासिय नेपाली संघको अन्तराष्ट्रिय संयोजन समितिको आगामि कार्यकालको लागि अस्ट्रेलियाबाट धु्रव सुवेदीले महासचिव पदमा उम्मेद्धवारी दिएका छन् । शनिवार सिड्नीमा नेपाली समुदायका प्रतिनिधिहरु माझ सुवेदीले उम्मेदवारी घोषणा गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै सुवेदीले एनआरएनको संस्थागत रुपान्तरण, सामुहिक लगानि, कल्याणकारी कार्यक्रमहरु र साना तथा मझौला परियोजनालाई आफूले प्राथमिकता दिने बताए । साथै आफू निर्वाचित भए एन आर एनलाई साझा मञ्चको रुपमा रुपान्तरण गर्न संस्थाको दर्ता प्रक्रिया, उपयुक्त संचार विधि र निर्णय प्रक्रियालाई सहज बनाउादै संस्था संचालन गर्ने बीचार राखेका थिए ।

कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली समुदायका प्रतिनिधिहरुले सुवेदीको उम्मेद्धवारीलाई समर्थन गर्दै शुभकामना दिएका थिए । सुवेदीले स्थापनाकालदेखिनै एन आर एन अस्ट्रेलियामा बसेर काम गरेका थिए । उनी सन् २००७ देखि २००९ सम्म एनअरएन अस्ट्रेलियाको सचिव, २००९ देखि २०११ सम्म अध्यक्ष र २०११ देखि २०१३ सम्म अन्तराष्ट्रिय संयोजन समितिको युवा संयोजक भएर काम गरेका छन् ।

यसअघि अस्ट्रेलियाबाट शेष घलेले गैर आवासिय नेपाली संघको राष्ट्रिय संयोजन समितिको अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरिसकेका छन् ।