• १० मंसिर २०७९, शनिबार
  •      Sat Nov 26 2022
Logo

भारतभित्रबाट भारतलाई नियाल्दा



रबिन्द् ढकाल –
विदेश यात्रा भन्ने बित्तिकै जुन प्रयोजन र विधिबाट गर्न लागिएको भए पनि त्यो यात्राको सफलताको चाहना राख्नु र उद्देश्य परिपूर्तिका लागि तयारी गर्नु मात्रै नभई उक्त देशप्रति कौतुहलता हुनु त स्वाभाविक नै भयो । त्यसैमाथि म भारतीय भूमि नटेकेको पनि १५–२० वर्ष भइसकेको थियो । यसपालीको भ्रमण उद्देश्य, दिशा र अपेक्षा सबै पहिलाभन्दा भिन्दै थिए । अझै भित्री कौतुहलता खोतल्दा गोर्खाल्याण्डका लागि लड्दै गरेका प्रान्तीय अनुभव बटुल्ने मात्रै हैन, दिल्ली र मुम्बईजस्ता पैसाका पछि नदौडने एक जबर्जस्त समाजवादीबाट शाषित प्रान्त र माओवादीबाट आक्रान्त भनिएको अर्को शहरसंग साक्षात्कार हुने अवसर नै थियो भन्ने लाग्छ । एक स्वाभिमान र स्वतन्त्र देशको आङ्खनै आकाश मुनि हुन्हुना रे हुन्हुन्ना भन्दै बेहुली बोकेर हिंड्ने रथ जस्ता देखिने सुक्षा बक्स देख्दा मुटु चस्स घोच्यो । र अझै रिङगबाट पनि हटाए हुने जस्ता थोत्रा न थोत्रा ती पुराना बसहरु एयरपोर्टभित्र गुडिरहेको देख्दा असजिलो महसुस भयो ।
समाजवादी प्रान्तमा फेरि फर्कदै गर्दा नक्सलाइटका हँसियाहथौडाका राता कपडाहरुका कुना कुनामा फरफराएका थिए । यस्तो लाग्यो शायद केही वर्ष अगाडि अलि बढी नै थिए । दुई दिन अगाडिको १२ घण्टे प्रभावर्ला चिर्ने गरेर केही नयाँ दृश्यहरु देखापरे । पढाइमा अब्बल, भद्रता र शालीनता, सफल वर्गसमन्वयको होइन कि वर्ग विभाजनमा निपूर्ण जस्ता लाग्ने शहरका केही हिस्सा हेर्दै गर्दा मान्छे भएर भगवानको विरला टाँस्नेदेखि पण्डा भएर पनि ठमेलका डनजस्ता लाग्ने जमातमा हराउने गरेर फुटपाथमा खाना पकाएर या किनेर खानेहरुको व्यथा ईंटाभट्टीबाट निस्केको धुावा जस्तै टाढैबाट प्रष्ट देखिन्थ्यो । समाजवाद नेताले बनाको पर्खालमा बत्ती झुण्ड्याएर ममता बनर्जी खोलाको किनारमा शुद्ध समाजवादी जीवन बिताउँदै गर्दा भट्टाचार्यको घर र ज्योति बसको बसाइ हेर्दा हल्का काउकुती लाग्दै ग¥यो ।
यतिदेखिसक्दा एउटा पेचिलो प्रश्न मेरा मनमा रहिरहन्थ्यो । पुरानो राजधानी यो कलकत्ता यस्तो हालतमै राखेर कसरी ३५÷३६ वर्षसम्म चुनाव जितिरहन सम्भव भयो भन्ने मनमा लाग्दै गर्दा त्यसको उत्तर भोलिपल्ट मात्रै फेला प¥यो । ‘साल्ट लेक सिटी’को वरिपरिको नयाँ कलकत्ताको संरचना र बस्न तयार पारिएका परिकल्पना हेर्दा फेरि मनले नेपाल सम्झ्यो । हाम्रा भरखर सत्तामा आउँदै गरेका नयाँ योजनाकारहरुले पनि नयाँ काठमाडौंको परिकल्पना गर्दै भ्यालीको चारैतिरका डाँडामा प्वाल पारेरै भए पनि भावी शहरको परिकल्पनाको सपना बाँड्ने हो र त्यो पूरा गर्ने बाचा बाँड्ने हो भने नेपाललाई पश्चिम बंगालजस्तै पार्टी समाजवादी नभए पनि जीवन शैली समाजवादी भएकी ममता बनर्जीले शासन गरे जस्तै समाजवादी नेताले निरन्तर चुनाव जित्थे कि जस्तो लाग्दै गयो । विापन, प्रविधि र प्रौद्योगिकीकरणको स्थिति अवलोकन गर्न पाएको म पशुपतिमा सिद्राको व्यापार गरेजस्तो एउटा पाठ पढें जस्तो लाग्यो ।
केही रुखा, कत्ति न नियम पालन गरेछ जस्तो गरी अध्यागमनमा बसेका अल्छी कर्मचारी व्यवहारबाट फर्कदै आफ्नो आकाशमा छिर्ने वित्तिकै चरी दृश्यबाट प्रफुल्लित बन्दै नेपाली भूमिमा आउँदा अध्यागमनका झनै अल्छी कर्मचारीको भद्रगोल देख्दा झनै नरमाइलो लाग्यो । ८–१० किलोमिटरलाई १००० नतिर्ने भन्दै गरिएको यात्रामा बाटाभरि बेला न कुबेला टिन मनाउँदै हिंड्दै गरेका महिला पुरुष देख्दा हाम्रो गरिबीको नाबी र हाम्रो बानी कहिल्यै नचुँडिने गरेर जोडिएको रहेछ भन्ने लाग्यो ।