२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

कम्युनिष्ट पार्टी र चुनावी प्रतिस्पर्धा

कम्युनिष्ट पार्टी र चुनावी प्रतिस्पर्धा
अ अ+ अ-

मुक्ति खनाल –
श्रमिक एवं सम्पूर्ण मजदुरहरुको पार्टी कम्युनिष्ट पार्टी नै हो । अरु पार्टीहरुले मजदुरहरुको पार्टी भन्नु ढाँट कुरा हो । रुसी अक्टोवर क्रान्ति पछि विश्वमा कम्युनिष्टहरुको पक्षमा जुन लहर थियो , अहिले छैन । त्यति मात्र नभएर रुस र पूर्वी युरोपमा कम्युनिष्ट सरकार ढलेका छन् । चीनमा कम्युनिष्ट पार्टी सरकारमा भए पनि यो देश पूँजीवाद उन्मुख हुँदैगएको छ भनिन्छ । किन यी सरकार ढले र पूँजीवाद उन्मुख भए यसको निक्र्योल गरेर मात्रै विश्व कम्युनिष्ट आन्दोलनले गति लिन सक्छ ।
अहिलेको वर्तमान विश्वमा जनतामा झ्याङ्गिएको कम्युनिष्ट पार्टी भनेको नेपालका कम्युनिष्ट पार्टी हुन् । यिनमा देशको सबैभन्दा ठूलो पार्टीको नाताले विशेषतः एकीकृत माओवादी पार्टी नै जनतामा सर्वाधिक लोकप्रिय पार्टी हो भन्न सकिन्छ । अहिले सम्म नेपाली कम्युनिष्टहरुमा विश्वमा कम्युनिष्ट सरकारको पतन हुनुमा कम्युनिष्टहरु जनतामा नजाने र कम्युनिष्टहरुको एकमना सरकार हुने गर्नाले हो र त्यसबाट जोगिन जनतामा गएर आफुलाई ठिक सावित गरिरहनुपर्छ भन्ने कुरामा एकमत देखिन्छ ।

जनतामा जाने कुरा भट्याउँदै संसदीय चुनावमा वहुदलीय जनवादको हतियार लिएर हामफालेको नेकपा एमाले पूँजीवादी पार्टीमा पतन भएको छ । यो पार्टीले नेपाली अन्य कम्युनिष्टहरु भन्दा नेपाली काँग्रेसलाई नजिकको मित्र ठान्नु यसको प्रमाण हो । अहिले उमेदवार छनोटको प्रसंगमा कार्यकर्ताका बीच चुनाव गराउँदा विभिन्न ठाउँमा लामो समय पार्टीमा काम गरेकाहरुलाई लामो समय कमाउ धन्दामा लागेकाहरुले उछिनेको देखियो । यसबाट पार्टीमा काम गर्ने सो पार्टीका कार्यकर्ता त निराश भएका छन् र अब नयाँ ढङले सोच्न विवश बनाइएका छन््् नै साथमा यो पार्टी चुनावी खेलबाट थप पूँजीवादी पार्टीमा पतन भएको प्रमाण भेटिन्छ ।

चुनावी प्रतिस्पर्धामा आएको एकीकृत माओवादीमा गएको संविधानसभा पछि यसमा पनि पूँजीवादी विकृतिहरु देखापर्न थालेको विषयलाई नकार्न सकिन्न । पार्टी फुटनुलाई वैद्य टोलिले क्रान्तिकारी जलप लगाउन जमर्को गरे पनि यो उनीहरुमा देखापरेको पूँजीवादी अधैर्यता नै प्रमुख कारण हो भन्ने विषय विस्तारै उनीहरुको क्रान्तिकारिताको मकुण्डो उधारिदै जाँदा स्पष्ट हुँदै जाँदै छ ।
अहिले भर्खरै एकीकृत माओवादीले २४० निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्यहरु पठाएर जो रिपोर्ट लिएको छ , आफ्नो क्षेत्र नभएको कारण सो प्रतिवेदन तुलनात्मक रुपमा निष्पक्ष छ । यद्यपि यसमा पनि केही गुटगत मानसिकताका कारण पक्षपातपूर्ण व्यवहार भएको विषयलाई भने नकार्न सकिन्न । पछिल्लो पटक जिल्लालाई सिफारिस गर्न जो दिइयो त्यसमा स्थानीयता, गुटगत मानसिकता र आत्मकेन्द्रित व्यक्तिवाद वढि हावि भएको छ । जति माथि गयो सिफारिसमा सो कमजोरी तुलनात्मकरुपमा कम भएको देखिन्छ । अब केन्द्रले ती सिफारिसलाई मात्रै आधार नबनाएर अलि स्वतन्त्र ढङले सोचेन भने विकृति वढि झ्यांगिन सक्छ । विकृति कम गर्न केन्द्रीय हस्तक्षेपको खाँचो देखापर्छ ।

यसो हुनुमा संसदीय फाँटमा जानेले विगतमा लिएको सुविधा देखेर कार्यकर्तामा लोभ पलाएको छ । हिजो पार्टीको लागि मरिमेटने जो परिपाटी थियो यसमा केही खिया लागेको छ । अब यहाँ पनि चुनाव जित्न पैसाको ओइरो चाहिने देखेर पार्टीमा खटनेहरुमा केही निराशा छाउन थालेको पाइएको छ भने यस्तै हुँदै गयो भने यो पार्टी पनि एमालेकरण भएर जाने खतरा छ ।
यसैले कम्युनिष्ट पार्टी चुनावमा जाँदा होसियारी पूर्वक जानुपर्ने देखिन्छ । यो भनेको चुनाव व्यक्ति भन्दा पार्टीले लडने पद्धतिको विकास गर्नुपर्छ , यसले पार्टीका इमान्दार कार्यकर्तामा निराशा पलाउँदैन । संसदीय फाँटमा जानेको कमाइ पार्टीकरण गर्ने र व्यक्तिलाई आवश्यक खर्च पार्टीले दिने गर्नुपर्छ । संसदीय फाँटमा भन्दा पार्टीमा काम गर्नु वेस भन्ने वातावरणको सिर्जना गर्न सकियो भने अहिलेको संसदीय फाँटमा जाने छिनाझपटि घटेर जानेछ । यदि यस तर्फ वेलैमा सोचिएन भने पछि चाहेर पनि गर्न सकिन्न । निर्वाचनमा कम्युनिष्ट पार्टीले अलि फरक मान्यता, अलि फरक पद्धति अपनाएर नजाने हो भने संसदीय आहालमा डुब्ने र उम्कन नसक्ने स्थिति पैदा हुँदोरहेछ । एमालेको पतनबाट एमाओवादीले यो पाठ सिक्न सक्नुपर्छ ।
अहिले एकीकृत माओवादीमा पार्टी प्रवेशको लहर चलेको छ । चुनावमा जाने पार्टीमा यो आवश्यक पनि छ । तर कम्युनिष्ट आन्दोलनबाट आएका वाहेकलाई कम्युनिष्ट दिक्षा नदिइकन नेतृत्वमा पु¥याइयो भने त्यसले समस्या उत्पन्न गर्न सक्छ । चुनाव जित्नु पनि पर्ने संसदीय भासमा जानबाट रोक्न पनि पर्ने यो अवस्थाबाट एकीकृत माओवादी चलिरहेछ । यसलाई कसरी संयोजन गर्ने हो नेतृत्वका अगाडि चुनौती खडा छ ।

हेटौंडा महाधिवेशनले नयाँ कार्यदिशा तय गरेको छ । त्यो भनेको पनि निर्वाचनमा श्रेष्ठता हासिल गर्दै सरकारमा वसेर माथिबाट र तल जनताका बीचबाट दवाव सिर्जना गर्दै आर्थिक समृद्धिका साथ जनवादी क्रान्तिका बाँकि कार्यभार पूरागर्दै समाजवादमा संक्रमण गर्ने भन्ने हो । हामी जनताको व्यापक समर्थनको केन्द्रभागमा रहेको पार्टी भएकाले शान्तिपूर्ण चुनावीबाटोबाट पनि समाजवादमा जान सकिन्छ भनेर प्रयत्न गरिरहेछौं । यस्तो परिस्थिति विश्वमा कहीं कतै आएको थिएन, जो हाम्रोमा आएको छ । ठ्याक्कै हामीले जस्तो नगरे पनि पूँजीवादी चुनावी बाटो हिंडदा पूँजीवादी पार्टीमा पतन भएको एमालेबाट प्राप्त शिक्षा हाम्रो अगाडि छ । यो अनुभवबाट सिक्दै चुनावको उपयोग र संसदीय गर्तमा जान रोक्ने बाटो अवलम्बन गर्न हामीले सक्नुपर्छ । अहिले हतार त भइसकेको छ , तर पनि उमेदवार छनोटको सन्दर्भमा संसदीय फाँटमा जानेहरुका लागिको आचार संहिता ल्याउने र त्यसको कडाइपूर्वक पालनाको ग्यारेन्टी गर्ने आशयको नीति अगाडि ल्याइयो भने पार्टीमा रहेको संसदीय पदको आकर्षणमा केही कमी आउने र यसबाट उत्पन्न समस्यालाई कम गर्न सकिने हुन्छ ।
विश्व कम्युनिष्ट आन्दोलनमा हामी नितान्त नौलो बाटो कोर्दैछौं । पूँजीवाद सँग हाक्काहाक्की लाप्पा खेल्दैछौं । नयाँ ढङले पूँजीवादलाई परास्त गर्ने कोशिस गर्दै पनि छौं । हाम्रा सामू भित्री र वाहिरि चुनौती उत्ति छन् । हाम्रो वढोत्तरी साम्राज्यवाद र देशीय पूँजीवादलाई असह्य भएको छ । यो हाम्रो प्रयत्नमा आउने वाधा व्यवधानलाई समयमा ठम्याएर अगाडि नवढने हो भने हामी सिद्धिन पनि सक्छौं ।

हाम्रो अहिलेको तात्कालिक कार्यनीति चुनाव, त्यस अगाडि चुनावी प्रतिनिधि पात्र उमेदवार छनोटको समय छ । यो वेला सबैलाई एकनासले चित्त बुझाउन त सकिन्न तर आउने असन्तोषमा कमी गर्न सकिन्छ । यो भनेको तत्काल पार्टीबाट चयन हुनेको लागि आचार संहिता प्रकाशन गर्न सकियो भने यसले उमेदवारमा सचेतना पैदागर्नेछ भने अरुमा असन्तोष कम गर्ने छ । तत्काल यसले कार्यकर्ता परिचालनमा सहयोग पुग्नेछ भने दीर्घकालमा यो पार्टीलाई संसदीय भासमा जानबाट रोक्न सहायक हुनेछ ।

विश्वमा कहीं नभएको हाम्रो देशमा देखापरेको जनताका बीचबाट छानिएर श्रेष्ठता हासिल गर्दै समाजवादमा प्रवेश गर्ने सम्भावनालाई पूरै शक्ति लगाएर लागुगर्नुपर्छ । यो नगर्नु र यसमा आउन आनाकानी गर्नु वा अन्य वहाना गर्नु क्रान्तिप्रतिकै धोका हुन जान्छ । वैद्यहरुले यस्तै गरे , समयमै सप्रिन्छन् कि अझै आस हराइ सकेको छैन । उनीहरु जे गरुन् एमाओवादी कार्यकर्तालाई यसबाट भाग्ने वा वहानाबाजी गर्ने छुट छैन, छुट दिन सकिदैन । यसको सफलताले हामीलाई विजयमा पु¥याउनेछ भने हाम्रो अनुभव विश्व कम्युनिष्ट आन्दोलनका लागि पनि शिक्षा हुनेछ । यस्तो अपूर्व सम्भावनाको नितान्त नौलो बाटो हिंडिरहेको वेला यसका सम्भावित चुनौतीलाई पनि समयमै ख्याल राख्न सक्नैपर्छ । नेतृत्व, नीति सम्भावना सबै हामीमा छन् । हाम्रो यस्तो अवस्था देखेर देशीय पूँजीवाद र साम्राज्यवाद हैरान छ । चुनावी प्रतिस्पर्धाको कार्यनीति लिएर अगाडि वढिरहेको वेला यसको पहिलो कडीको रुपमा आएको उमेदवार छनोट प्रकरणदेखि नै सतर्कतासाथ अगाडि वढन सक्दा अवश्य सफलता हात लाग्नेछ ।
२०७० । ०५ । ३१
कलंकी