४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

चुनौतीमा प्रेस काउन्सील

चुनौतीमा प्रेस काउन्सील
अ+ अ-

वोर्ण बहादुर कार्की 
प्रेस काउन्सील नेपालको ४४ औं वार्षिक उत्सव भरखरै सम्पन्न भएको छ । यो वार्षिक उत्सवमा काउन्सीलले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । वार्षिक प्रतिवेदनमा संचार माध्यम र पत्रकारिताको स्थिति र समस्याहरुको मात्र उल्लेख छैन प्रेस काउन्सीलका चुनौतीहरुको वारेमा पनि टिप्पणी गरिएको छ । संचारमाध्यम र पत्रकारहरुको एकमात्र संरक्षक संस्था प्रेस काउन्सीलको् वार्षिक उत्सवको समाचारलाई संचार माध्यमले खास स्थान दिएनन् । प्रेस काउन्सील जस्तो सम्पूर्ण प्रेस जगतको अति सरोकारको संस्थाको वार्षिक उत्सव, वार्षिक प्रतिवेदन समाचारको बिषय वन्न नसक्नु कम चिनताजनक कुरा होईन । प्रतिवेदनमा उल्लेखित बिषय बस्तु प्रेस जगतमा आलोचना र समालोचनाका बिषय बन्नु पर्ने हो । प्रेस जगतले यस्तो बिषयलाई महत्व नदिएबाट केही गम्भीर प्रश्नहरु खडा भएका छन् । यसबाट कित प्रेस काउन्सीलले आफ्नो भूमिका निभाउन सकि रहेको छैन कित संचार क्षेत्रले प्रेस काउन्सीललाई आफ्नो अभिभावक संस्थाको रुपमा स्वीकार गर्न तयार छैन भन्ने प्रश्न नै मुख्य रुपमा उठेका छन् ।
प्रेस काउन्सील नेपाल स्थापना भएको ४४ बर्ष पुरा भएको छ । यो समयावधीमा पे्रस काउन्सील निकै उतार चढावबाट गुज्रिएको छ । संचार माध्यमको संख्या निकै न्यून रेहेको अवस्थामा स्थापित यो संस्थाले केही बर्ष सम्म खास चुनौतीहरुको सामना गर्नु परेको पाईदैन । २०४६ सालको राजनीति परिवर्तन पछि संचार क्षेत्रमा अभूतपूर्व विकाश भएको छ । आ.व. ०६९÷०७० सम्ममा छापासंचार माध्यमको सं्रख्या ३५८० पुगेको छ । त्यस्तै गरी विधुतीय संचारमाध्यम रेडियो, टि.भी. एफ.एम. को संख्या पनि निकै बढेको छ । पछिल्लो समयमा अनलाईन संचार माध्यमको विकाश द्रुत गतिमा भई रहेको छ । सिमित श्रोत, साधन र जनशक्तिबाट प्रेस काउन्सीलले दिन प्रतिदिन द्रुत गतिमा थपिदै गएका संचार माध्यमहरुलाई अनुगमन गर्न सकि रहेको छैन । प्रेस काउन्सीलको अनुगमनको भूमिका अपर्याप्त हुदै जाँदा संचार क्षेत्रमा अनुशासनहिन प्रवृति निकै मौलाउदै गएको छ । संचार माध्यम र पत्रकारिता क्षेत्रले प्रेस काउन्सीललाई वेवास्ता गर्ने कारण पनि यही नै हो ।
संचार माध्यम र पत्रकारहरुको आधिकारीक संरक्षक संस्था प्रेस काउन्सील हो । संचार माध्यम र पत्रकारको हकहितको संरक्षण गर्नु र प्रेस स्वतनत्रताको रक्षा गर्नु यो संस्थाको पहिलो कर्तव्य हो भने दोस्रो कर्तव्य यो क्षेत्रलाई अनुशासनहिन हुनबाट वचाउनु पनि हो । संचार क्षेत्रले प्रेस काउन्सीललाई आफ्नो अभिभावक संस्थाको रुपमा स्वीकार गर्ने र प्रेस काउन्सीलले संचार क्षेत्रलाई अभिभावकत्व दिने सन्तुलित स्थितिमा मात्र संचार माध्यम र पत्रकारिता पेशाको स्वस्थ्य विकाश हुन सक्दछ । संचार माध्यमहरुले पेस काउन्सीललाई अभिभावकको रुपमा स्वीकार नगर्ने र प्रेस काउन्सीलले पर्याप्त र उपयुक्त अभिभावकत्व दिन नसकेको कारणबाट समस्याहरु उत्पन्न् हुदै गएका छन् । प्रेस जगतमा थपिदै गएका समस्याहरुको निराकरणको लागि यस तर्फ सवैको ध्यान जानु आवश्यक छ ।
मूलुकको राजनिती संक्रमणकाबाट गुज्रिरहेको वर्तमान स्थितिमा संचार माध्यमको भूमिका निकै वढदै गएको छ ।अन्यौल र अनिश्चितताबाट गुज्रदै गएको मूलुकलाई दिशा निर्दैशन गर्न संचार माध्यमले उल्लेखनिय भूमिका पनि निभाउदै आएका छन् । मूलुकको राजनीतिले एउटा निश्चित बाटो नलिए सम्म संचार माध्यमको भूमिका कम हुने अवस्था छैनन् । यस्तो ऐतिहासिक जिम्मेवारी निभाउनु पर्ने संचार क्षेत्रमा केही बर्ष यता विकृति र विसंगतिहरु पनि त्यतिकै मौलाउदै गएका छन् । जसको कारणबाट संचार जगत आफ्नो भूमिका निभाउनबाट चुक्ने हो कि भन्ने आशंका वढदै छ ।
पत्रकारीता स्वच्छन्द पेशा होईन जिम्मेवारीपूर्ण र उत्तरदायी पेशा हो । पत्रकार आचार संहिताको पालना ले मात्र संचार माध्यमलार्य सवास्थ्य र जिम्मेवार पूर्ण वनाउदछ । पत्रकारले अनिवार्य रुपमा पालना गर्नु पर्ने आचार संहिताको जानकारी सम्म नराख्ने पत्रकार र संचार माध्यमको संख्या उल्लेखनीय छ । आचार संहिताको जानकारी राख्नेहरुमा पनि उल्लंघन गर्ने प्रवृति वढदो छ । आचार संहिताको उल्लंघन गर्नेहरु वलवान र पालना गर्नेहरु कमजोड मानिने स्थितिले यो क्षेत्रलाई निकै नोक्सानी पु¥याउदै गएको छ । आचार संहिताको पालना गराउने प्रयासलाई प्रेस स्वतन्त्रताको नियन्त्रण ठान्ने संचार क्षेत्रको मनोविज्ञान प्रेस काउन्सीलको लागि कम चुनौतीपूर्ण छैन ।
संचार माध्यममा लगानी गरेर राज्यका सम्पूर्ण अङ्गहरु र नागरीकहरुलाई नियन्त्रणमा राख्ने दुस्प्रयासहरु पनि यो क्षेत्रमा मौलाउदै गएका छन् । संचार माध्यममा हुने अपारदर्शी लगानीले पत्रकारीताको मूल्य मान्यतामा तिव्र गतिमा ह«ास आउदै गएको छ । लगानी कर्ताको निहित स्वार्थ पुरा गरी दिन कलम चलाउनु पर्ने वाध्यताले पत्रकारहरको ईज्जत, मान , मर्यादा र नैतिकता निकै संकटग्रष्ट हुदै गएको छ । संचार माध्यम व्यवसायलाई जनसेवाको व्यवसाय भन्दा नाफामुखी व्यापार ठान्नेहरुको प्रमुत्व वढ्दै जाँदा प्रेस जगत अराजकताको दलदलमा फस्दै गएको छ । यस्तो अवस्थामा संचार माध्यमलाई मर्यादित वनाउन प्रेस काउन्सीलको प्रयास मात्र पर्यापत हुन संभव छैन । प्रेस जगतको सकारात्मक पक्षहरुको संरक्षण गर्दै नकारात्मक पक्षको नियन्त्रणको लागि राज्यले आम संचार नीति वनाउन विलम्व गर्न नहुने भएको छ ।
प्रेस काउन्सीलको लागि पत्रपत्रिका वर्गिकरण पनि निकै चुनौतीपूर्ण वन्दै छ । वर्गिकरणको आधारमा राज्यकोषबाट पाउने सुविधाको सही सदुपयोग हुन सकेको छैन । राज्यबाट यस्तो सुविधा लिनको लागि मात्र पूर्वाधार विना पत्रपत्रिका संचालन गर्ने र वर्गिकरण तल माथि हुदा प्रेस काउन्सील विरुद्ध जाई लाग्ने प्रवृतिले पनि कम चुनौती सृजना गरेको छैन । यस क्षेत्रमा राज्यलाई कर दिन तयार नहुने तर राज्यको कोषबाट सुविधा लिने प्रवृति प्रभावी वन्दै छ । प्रेस काउन्सील भनेको पत्रपत्रिका वर्गिकरण गर्ने र राज्यबाट सुविधा दिलाउने संस्था मात्र हो भन्ने संचार जगतको वुझाइले आचार संहिता पालना जस्तो महत्वपूर्ण विषय ओझेलमा परेको छ । यसबाट संचार माध्यम र पत्रकारहरुलाई आचार संहिता पालन गराउनमा प्रेस काउन्सीलको अगाडी अप्ठेरो चुनौतीहरु थपएिका छन् ।
वेलगामका घोडा झै दौडि रहेका विद्युतीय संचार माध्यमहरुको अनुगमन प्रेस काउन्सीलले श्रोत साधनको अभावमा गर्न सकिरहेको छैन । छापा माध्यमको प्रभाव जति सिमित हुन्छ । त्यो भन्दा कयौ गुणा वढी प्रभाव विद्युतीय संचार माध्यमको हुन्छ । जे प्रशारण गर्दा पनि हुने , कसैले अुनगमन नगर्ने स्थितिबाट गुज्रिरहेको विद्युतीय संचार माध्यमलाई समयमा नै प्रेस काउनसीलले अनुगमन गर्न सकेन भने स्थिति निकै जटिल हुने टडकारो रुपमा देखिदैछ ।
आम संचार माध्यममा पार्टिगत राजनीतिको अति प्रभावले सत्य तथ्य सूचना आम जनताले पाउन निकै दर्लभ हुदै गएको छ । संचार माध्यमका समाचारका बिषय बस्तु राजनीतिक उद्देश्यबाट मात्र प्रेरित हुँदा स्वतन्त्र पत्रकारिताको छवी धमिलिदै गएको छ । राजनीतिक पार्टिका मुखपत्रका रुपमा रहेका संचार माध्यमहरुलाई आचार संहिता पालना गराउनु प्रेस काउन्सीलको लागि निकै चुनौतीपूर्ण भएको छ । प्रेस काउन्सील र प्रेस जगतका जिम्मेवार व्यक्तिहरुले वर्तमान संचार क्षेत्रका चुनौतीहरुलाई संयुक्त रुपमा सामना गर्न तयार हुन अव विलम्व गर्न नहुने भएको छ ।