वोर्ण बहादुर कार्की –
प्रेस काउन्सील नेपालको ४४ औं वार्षिक उत्सव भरखरै सम्पन्न भएको छ । यो वार्षिक उत्सवमा काउन्सीलले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । वार्षिक प्रतिवेदनमा संचार माध्यम र पत्रकारिताको स्थिति र समस्याहरुको मात्र उल्लेख छैन प्रेस काउन्सीलका चुनौतीहरुको वारेमा पनि टिप्पणी गरिएको छ । संचारमाध्यम र पत्रकारहरुको एकमात्र संरक्षक संस्था प्रेस काउन्सीलको् वार्षिक उत्सवको समाचारलाई संचार माध्यमले खास स्थान दिएनन् । प्रेस काउन्सील जस्तो सम्पूर्ण प्रेस जगतको अति सरोकारको संस्थाको वार्षिक उत्सव, वार्षिक प्रतिवेदन समाचारको बिषय वन्न नसक्नु कम चिनताजनक कुरा होईन । प्रतिवेदनमा उल्लेखित बिषय बस्तु प्रेस जगतमा आलोचना र समालोचनाका बिषय बन्नु पर्ने हो । प्रेस जगतले यस्तो बिषयलाई महत्व नदिएबाट केही गम्भीर प्रश्नहरु खडा भएका छन् । यसबाट कित प्रेस काउन्सीलले आफ्नो भूमिका निभाउन सकि रहेको छैन कित संचार क्षेत्रले प्रेस काउन्सीललाई आफ्नो अभिभावक संस्थाको रुपमा स्वीकार गर्न तयार छैन भन्ने प्रश्न नै मुख्य रुपमा उठेका छन् ।
प्रेस काउन्सील नेपाल स्थापना भएको ४४ बर्ष पुरा भएको छ । यो समयावधीमा पे्रस काउन्सील निकै उतार चढावबाट गुज्रिएको छ । संचार माध्यमको संख्या निकै न्यून रेहेको अवस्थामा स्थापित यो संस्थाले केही बर्ष सम्म खास चुनौतीहरुको सामना गर्नु परेको पाईदैन । २०४६ सालको राजनीति परिवर्तन पछि संचार क्षेत्रमा अभूतपूर्व विकाश भएको छ । आ.व. ०६९÷०७० सम्ममा छापासंचार माध्यमको सं्रख्या ३५८० पुगेको छ । त्यस्तै गरी विधुतीय संचारमाध्यम रेडियो, टि.भी. एफ.एम. को संख्या पनि निकै बढेको छ । पछिल्लो समयमा अनलाईन संचार माध्यमको विकाश द्रुत गतिमा भई रहेको छ । सिमित श्रोत, साधन र जनशक्तिबाट प्रेस काउन्सीलले दिन प्रतिदिन द्रुत गतिमा थपिदै गएका संचार माध्यमहरुलाई अनुगमन गर्न सकि रहेको छैन । प्रेस काउन्सीलको अनुगमनको भूमिका अपर्याप्त हुदै जाँदा संचार क्षेत्रमा अनुशासनहिन प्रवृति निकै मौलाउदै गएको छ । संचार माध्यम र पत्रकारिता क्षेत्रले प्रेस काउन्सीललाई वेवास्ता गर्ने कारण पनि यही नै हो ।
संचार माध्यम र पत्रकारहरुको आधिकारीक संरक्षक संस्था प्रेस काउन्सील हो । संचार माध्यम र पत्रकारको हकहितको संरक्षण गर्नु र प्रेस स्वतनत्रताको रक्षा गर्नु यो संस्थाको पहिलो कर्तव्य हो भने दोस्रो कर्तव्य यो क्षेत्रलाई अनुशासनहिन हुनबाट वचाउनु पनि हो । संचार क्षेत्रले प्रेस काउन्सीललाई आफ्नो अभिभावक संस्थाको रुपमा स्वीकार गर्ने र प्रेस काउन्सीलले संचार क्षेत्रलाई अभिभावकत्व दिने सन्तुलित स्थितिमा मात्र संचार माध्यम र पत्रकारिता पेशाको स्वस्थ्य विकाश हुन सक्दछ । संचार माध्यमहरुले पेस काउन्सीललाई अभिभावकको रुपमा स्वीकार नगर्ने र प्रेस काउन्सीलले पर्याप्त र उपयुक्त अभिभावकत्व दिन नसकेको कारणबाट समस्याहरु उत्पन्न् हुदै गएका छन् । प्रेस जगतमा थपिदै गएका समस्याहरुको निराकरणको लागि यस तर्फ सवैको ध्यान जानु आवश्यक छ ।
मूलुकको राजनिती संक्रमणकाबाट गुज्रिरहेको वर्तमान स्थितिमा संचार माध्यमको भूमिका निकै वढदै गएको छ ।अन्यौल र अनिश्चितताबाट गुज्रदै गएको मूलुकलाई दिशा निर्दैशन गर्न संचार माध्यमले उल्लेखनिय भूमिका पनि निभाउदै आएका छन् । मूलुकको राजनीतिले एउटा निश्चित बाटो नलिए सम्म संचार माध्यमको भूमिका कम हुने अवस्था छैनन् । यस्तो ऐतिहासिक जिम्मेवारी निभाउनु पर्ने संचार क्षेत्रमा केही बर्ष यता विकृति र विसंगतिहरु पनि त्यतिकै मौलाउदै गएका छन् । जसको कारणबाट संचार जगत आफ्नो भूमिका निभाउनबाट चुक्ने हो कि भन्ने आशंका वढदै छ ।
पत्रकारीता स्वच्छन्द पेशा होईन जिम्मेवारीपूर्ण र उत्तरदायी पेशा हो । पत्रकार आचार संहिताको पालना ले मात्र संचार माध्यमलार्य सवास्थ्य र जिम्मेवार पूर्ण वनाउदछ । पत्रकारले अनिवार्य रुपमा पालना गर्नु पर्ने आचार संहिताको जानकारी सम्म नराख्ने पत्रकार र संचार माध्यमको संख्या उल्लेखनीय छ । आचार संहिताको जानकारी राख्नेहरुमा पनि उल्लंघन गर्ने प्रवृति वढदो छ । आचार संहिताको उल्लंघन गर्नेहरु वलवान र पालना गर्नेहरु कमजोड मानिने स्थितिले यो क्षेत्रलाई निकै नोक्सानी पु¥याउदै गएको छ । आचार संहिताको पालना गराउने प्रयासलाई प्रेस स्वतन्त्रताको नियन्त्रण ठान्ने संचार क्षेत्रको मनोविज्ञान प्रेस काउन्सीलको लागि कम चुनौतीपूर्ण छैन ।
संचार माध्यममा लगानी गरेर राज्यका सम्पूर्ण अङ्गहरु र नागरीकहरुलाई नियन्त्रणमा राख्ने दुस्प्रयासहरु पनि यो क्षेत्रमा मौलाउदै गएका छन् । संचार माध्यममा हुने अपारदर्शी लगानीले पत्रकारीताको मूल्य मान्यतामा तिव्र गतिमा ह«ास आउदै गएको छ । लगानी कर्ताको निहित स्वार्थ पुरा गरी दिन कलम चलाउनु पर्ने वाध्यताले पत्रकारहरको ईज्जत, मान , मर्यादा र नैतिकता निकै संकटग्रष्ट हुदै गएको छ । संचार माध्यम व्यवसायलाई जनसेवाको व्यवसाय भन्दा नाफामुखी व्यापार ठान्नेहरुको प्रमुत्व वढ्दै जाँदा प्रेस जगत अराजकताको दलदलमा फस्दै गएको छ । यस्तो अवस्थामा संचार माध्यमलाई मर्यादित वनाउन प्रेस काउन्सीलको प्रयास मात्र पर्यापत हुन संभव छैन । प्रेस जगतको सकारात्मक पक्षहरुको संरक्षण गर्दै नकारात्मक पक्षको नियन्त्रणको लागि राज्यले आम संचार नीति वनाउन विलम्व गर्न नहुने भएको छ ।
प्रेस काउन्सीलको लागि पत्रपत्रिका वर्गिकरण पनि निकै चुनौतीपूर्ण वन्दै छ । वर्गिकरणको आधारमा राज्यकोषबाट पाउने सुविधाको सही सदुपयोग हुन सकेको छैन । राज्यबाट यस्तो सुविधा लिनको लागि मात्र पूर्वाधार विना पत्रपत्रिका संचालन गर्ने र वर्गिकरण तल माथि हुदा प्रेस काउन्सील विरुद्ध जाई लाग्ने प्रवृतिले पनि कम चुनौती सृजना गरेको छैन । यस क्षेत्रमा राज्यलाई कर दिन तयार नहुने तर राज्यको कोषबाट सुविधा लिने प्रवृति प्रभावी वन्दै छ । प्रेस काउन्सील भनेको पत्रपत्रिका वर्गिकरण गर्ने र राज्यबाट सुविधा दिलाउने संस्था मात्र हो भन्ने संचार जगतको वुझाइले आचार संहिता पालना जस्तो महत्वपूर्ण विषय ओझेलमा परेको छ । यसबाट संचार माध्यम र पत्रकारहरुलाई आचार संहिता पालन गराउनमा प्रेस काउन्सीलको अगाडी अप्ठेरो चुनौतीहरु थपएिका छन् ।
वेलगामका घोडा झै दौडि रहेका विद्युतीय संचार माध्यमहरुको अनुगमन प्रेस काउन्सीलले श्रोत साधनको अभावमा गर्न सकिरहेको छैन । छापा माध्यमको प्रभाव जति सिमित हुन्छ । त्यो भन्दा कयौ गुणा वढी प्रभाव विद्युतीय संचार माध्यमको हुन्छ । जे प्रशारण गर्दा पनि हुने , कसैले अुनगमन नगर्ने स्थितिबाट गुज्रिरहेको विद्युतीय संचार माध्यमलाई समयमा नै प्रेस काउनसीलले अनुगमन गर्न सकेन भने स्थिति निकै जटिल हुने टडकारो रुपमा देखिदैछ ।
आम संचार माध्यममा पार्टिगत राजनीतिको अति प्रभावले सत्य तथ्य सूचना आम जनताले पाउन निकै दर्लभ हुदै गएको छ । संचार माध्यमका समाचारका बिषय बस्तु राजनीतिक उद्देश्यबाट मात्र प्रेरित हुँदा स्वतन्त्र पत्रकारिताको छवी धमिलिदै गएको छ । राजनीतिक पार्टिका मुखपत्रका रुपमा रहेका संचार माध्यमहरुलाई आचार संहिता पालना गराउनु प्रेस काउन्सीलको लागि निकै चुनौतीपूर्ण भएको छ । प्रेस काउन्सील र प्रेस जगतका जिम्मेवार व्यक्तिहरुले वर्तमान संचार क्षेत्रका चुनौतीहरुलाई संयुक्त रुपमा सामना गर्न तयार हुन अव विलम्व गर्न नहुने भएको छ ।
© 2023