४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

दश लाख बढी काठमाडौँ उपत्यकाबाट बाहिरिए

दश लाख बढी काठमाडौँ उपत्यकाबाट बाहिरिए
अ+ अ-

काठमाडौँ, २१ असोज –

बडादसैँ मनाउने सिलसिलामा सडकमार्गद्वारा करिब १० लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिसकेका छन् । यही असोज १ देखि असोज २० गतेसम्म १० लाख १७ हजार मानिस दसैँ मनाउने सन्दर्भमा उपत्यका बाहिर हिँडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख केशव अधिकारीले बताउनुभयो । हाल दैनिक थानकोट नाकाबाट मात्रै दैनिक एक हजार आठ सय सार्वजनिक यातायात सेवाका बस यात्रु लिएर गुडेको महाशाखाले जनाएको छ ।

त्यस्तै चोभार, नुवाकोट र साँगाभन्ज्याङबाट समेत गरी दैनिक तीन हजार सार्वजनिक यातायातका साधन उपत्यकाबाट यात्रु लिएर बाहिरिने गरेको पनि महाशाखा प्रमुख अधिकारीले बताउनुभयो । दसैँका मुख्य दिन फूलपाती, अष्टमी र नवमीका दिनमा एक लाख ६७ हजार यात्रुले विशेषगरी घर जान टिकट अग्रिम सुरक्षित गरिसकेका छन् ।

मुख्य चाडबाडका मुखमा हुने यात्रालाई भरपर्दो, सुरक्षित र सहज तुल्याउन महाशाखाले नाकामा बढी यात्रु राख्ने, दोहोरो टिकट काट्ने तथा यात्रुलाई असुविधा हुने खालका क्रियाकलाप रोक्न कडा निगरानी गरेको छ । त्यसका लागि नागरिक ट्राफिक प्रहरीले उपत्यकाका एक दर्जन स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी यात्रुको हितका लागि काम गर्दैआएको जनाइएको छ । यात्रुले असुविधा भोग्नुपरेका उजुरी दैनिक ५० को हाराहारीमा आउने गरेको र उजुरीअनुसार कारबाहीको प्रक्रिया पनि जारी रहेको बताइएको छ ।

यसैबीच असोज महिनाको सुरुदेखि हालसम्म दिउँसो मादक पदार्थ सेवन गरी सवारी चलाउने ९४ चालकलाई सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाइएको पनि ट्राफिक प्रहरीले जनाएको छ । दसैँको चहलपहलसँगै काठमाडौंका मुख्य स्थलमा मानिसको चहलपल र किनमेलको घुइँचो बढेका कारण ‘ट्राफिक जाम’ बढेको छ । ‘सपिङ मल’, ‘डिपार्टमेन्टल स्टोर’ तथा ‘फुटपाथ’मा समेत सामानको किनबेचको क्रम बढेकाले पनि राजधानीमा केही दिनयता यातायात सवारीको चापका कारण सर्वसाधारणले कठिनाइ भोग्नुपरेको छ ।