७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउछौँ : रामबहादुर थापा

आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउछौँ : रामबहादुर थापा
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आफूहरुले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रिय कमिटी निर्माण गर्न चाहेको बताउनु भएको छ । 

पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहनु भएका नेता बादलले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउने गरी सो महाधिवेशनबाट ओली नेतृत्वमा सक्षम केन्द्रिय कमिटी निर्माण गरेर अघि बढने बताउनु भएको हो । पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत गर्नुभयो ।  

नेता बादलले भन्नुभयो, ‘यो दशौं राष्ट्रिय महाधिवेशनको एउटा ऐतिहासिक महत्व यो कुरामा छ कि यो ऐतिहासिक महाधिवेशनले हामीले एउटा सबल र सक्षम नेतृत्वलाई स्थापित गर्ने, त्यसलाई निर्माण गर्ने, र विधान महाधिवेशनले जुन सही विचार, सही नीति जो प्रतिपादन गरेको छ, त्यसलाई अनुमोदन गर्ने र यसलाई सही सक्षम नेतृत्व निर्माण गरेर यसलाई कार्यान्वयन गर्ने र यसलाई आगामी निर्वाचनको माध्यामबाट फेरी नेकपा एमालेलाई चाँही राजकीय सत्तामा पुन स्थापित गर्ने र हामीले भनि राखेका छौं–हामी परमादेशबाट निर्माण भएको चाँही यो दक्षिणपन्थी जो सत्ता र सरकार छ, त्यसलाई हामी जनादेशबाट विस्थापित गर्छौं भन्ने पार्टीले नीति लिएको छ ।

हामीले मंसीर १० गते चितवनमा के सन्देश दिन चाहन्छौ भने हामी पुनः जनादेशबाट राजकीय सत्तामा नेकपा एमाले पुनस्थापित हुनेछ । र नेकपा एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव छ । नेपाली जनताको सुःखचाँही सम्भव छ । त्यसैले यो सन्देश हामी १० गते चितवनमा हामी पाँच लाख जनता केन्द्रिकरण गरेर हामी यो सन्देश दिन चाहन्छौं । हामी चितवनबाट कमरेड केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रिय समितिको निर्माण गरेर हामी एउटा सक्षम नेतृत्व निर्माण गर्न चाहन्छौं । र यो देशको जिम्मेवारी त्यो नेतृत्वलाई हामी दिन चाहन्छौं । १० औं राष्ट्रिय महाधिवेशनबाट हामी यो सन्देश दिन चाहन्छौं ।’

नेता बादलले एमालेको नेतृत्वमा मात्रै मुलुक समृद्ध हुने र नेपाली जनताले सुःख पाउने दावी समेत गर्नुभयो । उहाँले स्रोत नखुलेको सम्पत्तिबाट दलाल पूँजीपतिहरुको संरक्षण गर्न लागि परेको सत्तारुढ गठबन्धनबाट मुलुकको समृद्धि सम्भव नभएको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै एमालेका नेता शंकर पोखरेलले नेपालको समृद्धिको योजना बनाएर अघि बढने ओली मात्रै प्रधानमन्त्री भएको बताउनु भएको थियो ।