३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

एमालेमा अझै खस—क्षेत्रीको टुङ्गो लागेन

एमालेमा अझै खस—क्षेत्रीको टुङ्गो लागेन
अ+ अ-

काठमाडौं, १२ पुस । राजधानीको गोकर्ण रिसोर्टमा जारी नेकपा एमाले स्थायी कमिटिको तीन दिने बैठकमा महिला, आदीबासी जनजाती र दलीतका तर्फबाट समानुपातिक सभासदको टुङ्गो लागे पनि खस क्षेत्रीको विषयमा अझै विवाद भएको छ ।
आवासीय बैठकमा अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओलीविच विवाद नसुल्झिएपछि समानुपातिक सभासदको अझै निर्णय हुन नसकेको हो । विवाद बढ्दै गएपछि नेता केपी शर्मा ओलीले स्थायी कमिटिमा नै मतदान गर्न माग गरेका छन् । केन्द्रीय कमिटिमा खनालको बहुमत भएपनि स्थायी कमिटिमा भने नेता ओलीको बहुमत छ । नेता ओलीले आफुले भने जस्तो नभए अलग सूची निर्वाचन आयोगमा बुझाउने चेतावनी समेत दिएको स्रोतले जनाएको छ । धेरै आकांक्षीहरु भएको र केन्द्रिय कार्यालयमा उनीहरुको उपस्थिति र दवाब बढ्न थालेको भन्दै एमालेको स्थायी कमिटी बैठक गोकर्ण रिसोर्टमा राखिएको बताइएको छ ।

खस—क्षेत्री बाहेकमा मोटामोटी सहमती
खस—क्षेत्री बाहेकका नामहरुमा भने मोटामोटी सहमती भएको स्रोतले जनाएको छ । बैठकले केन्द्रिय कमिटीमा रहेका सबै महिला नेतृहरुलाई सभाषद बनाउने निर्णय गरेको छ । महिला नेतृत्व स्थापीत गराउने भन्दै एमालेले समानुपातिक सुचिमा रहेका महिला केन्द्रिय सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखेर सभाषद सिफारिस गर्ने निर्णय गरेको हो । जस अनुसार निर्बिबाद सभाषद बन्न पाउनेहरुमा उपाध्यक्ष बिद्या भण्डारी, पोलिटव्युरो सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रिय सदस्यहरु कमला सुबेदी, गौरी ओली, जयन्ती राई, श्रीमाया थकाली, ममता गिरी, गरिमा शाह लगायत रहेका छन् । केन्द्रिय कमिटी बाहिरबाट रामकुमारी झाँक्री र केन्द्रिय सल्लाहकार शान्ता मानवी रहेको स्रोतको दावि छ ।
यस्तै जनजातीबाट पर्शुराम मेघि गूरुङ, तलबहादुर गुरुङ, महेन्द्र शेरचन, ईच्छाराज तामाङ, गणेशमान गूरुङ रहेको बताईएको छ ।

कर्मचारीलाई अनावश्यक खटाइ
एमालेले शुक्रबार नै आयोगमा नाम बुझाउने भन्दै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई खबर गरेको थियो । उप्रेतीको निर्देशनमा कर्मचारीहरु कार्यलय समय सकिसके पछि समेत बसिरहेका थिए । तर एमालेका शीर्ष नेताहरुको विवाद नसुल्झिएपछि रात परे पछि मात्रै कर्मचारी बाहिरीए ।