४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

धनका धनी, मनका धनी, पोचुर्गलका नेपाली हिरोः गुरुङ

धनका धनी, मनका धनी, पोचुर्गलका नेपाली हिरोः गुरुङ
अ+ अ-

दिनेश/विवेक

पोचुर्गल ३० डिसेम्बर। जन्मभूमि त्यतिखेर झनै प्यारो लाग्छ, जब मानिस त्यहाँबाट टाढाँ पुगेको हुन्छ । धन दैलत र मान प्रतिष्ठा आर्जन गर्न देशबाहिर जाने नेपालीको संख्या ठुलो छ । विदेशमा चौबीसै घण्टा आफ्नो पेसा ब्यवसायमा ब्यस्त नेपालीलाई कसैले नेपालको कुरा गर्यो भने उनीहरुलाई उर्जा थपिएझै लाग्छ । माटोको मायाले तानिरहेको हुन्छ, यसको ज्वलन्त उदाहरण हुन्, गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष एवं सफल ब्यवसायि रमेश कुमार गुरुङ ।


शान्त, शालिन र सौम्य व्यक्तित्व । नेपालीलाई अप्ठेरो पर्दा सधै सघाउन तत्पर हुने । रमेश गुरुङलाई चिन्ने जान्ने अधिकांशको प्रतिकृया यस्तै हुन्छ । व्यापार ब्यवसायमा रहेर कहिल्यै फुर्सद नहुँदा पनि नेपाल र नेपालीप्रति उनको लगाव, जाँगर र तत्परतामा कहिल्यै कमि आएन । तिब्रतर गतिमा आधुनिकताको बाटोमा अघि बढीरहेको मुलुक पोर्चुगलको लिस्बोनमा बसेर त्यहाँको ब्यवसायिक संञ्जालमा छोटो समयमै स्थापित बन्न सफल बनेका छन् उनी ।
डेढ दशक अघि सुनिश्चित भविष्यको खोजिमा जर्मनीतिर लागेका नेपाली छोरा रमेश गुरुङ अहिले पोर्चुगलको सफल ब्यवसायिको रुपमा परिचित छन् । मानविकी संकायमा उच्चशिक्षा पुरा गरेको भएपनि उनले आफ्नो सृजना आफुले पढेको विधाभन्दा फरक पेशामा लगाउन चाहे । आफ्ना पिता पुर्खाले कहिल्यै नगरेको र आफ्नो लागि समेत विल्कुल नयाँ क्षेत्र व्यापार ब्यवसायमा हात हाले ।
विक्रम संवत २०४६ सालको एउटा सुन्दर बिहानीमा उनको जर्मन यात्रा सुरु भएको थियो । भाषाको ज्ञान नहुनु, हातमा सिप नहुनु जस्ता कारणले सुरुवाती दिनमा उनले निकै दुःख पाउनुपर्यो जर्मनीमा । कयौ पटक एकान्तमा धुरु धुरु रोएका छन् उनी ।
केहि समयको संघर्ष पश्चात एउटा जर्मन खाद्य कम्पनीमा स्टोर किपरको रुपमा काम सुरु गरे । झण्डै ५ बर्ष स्टोर किपरका रुपमा काम गरिसकेपछि एक रेष्टुरेन्टमा किचन हेल्परका रुपमा काम गर्न थाले । त्यसको केहि समयमै सेफ कुकको रुपमा उनको पदोन्नती भयो । यसरी झण्डै १० बर्षको समय उनले जर्मनीमा बिताए । आम्दानीका दृष्टीले राम्रो भएपनि स्थायी बसोबास पत्र प्राप्त गर्न र ब्यवसाय संञ्चालनका लागि केहि झन्झटीलो प्रकृया देखेर साथिहरुको सुझावमा उनी त्यसपछि युरोपकै अर्को मुलुक पोर्चुगल हानिए ।
पोर्चुगिस भाषाको ज्ञानको अभावको बाबजुत केहि नया काम गर्ने सोच स्वरुप उनले झण्डै १ करोड नेपाली रुपैयाको लगानीमा रेष्टुरेन्ट ब्यवसाय सुरु गरे । रेष्टुरेन्ट ब्यवसाय सुरुवात गर्दाको क्षण सम्झदै उनी भन्छन् “मलाई त्यतिबेला भाषाको ज्ञान थिएन त्यसकारण अंग्रेजी भाषा समेत केहि हद सम्म प्रयोग हुने विदेशी पर्यटकहरुको केन्द्रका रुपमा रहेको लिस्बनमा साग्रिला नामक नेपाली रेष्टुरेन्ट सुरु गरे । त्यति बेला पोर्चुगलमा नेपालीको संख्या हातको औलामा गन्न सकिन्थ्यो, करिब १०, १५ जना नेपाली मात्रै थिए । भाषागत ज्ञान समेत नभएकाले सहज होस् भनेर केहि पोर्चुगिजहरुलाई कामदारका रुपमा नियुक्त गरे ”। सुरुवातबाटै राम्रो ब्यापार हुन थालेपछि उनी झनै उत्साहित हुदै गए र नयाँ नयाँ लगानीका क्षेत्रहरुमा हात हाल्न थाले । हाल उनको निजी लगानीमा एउटा रेष्टुरेन्ट संञ्चालनमा छ भने अरु १०/११ ओटा ठुला कम्पनीहरुमा उनको लगानी छ । जसमा झण्डै १०० जना कामदार कार्यरत छन् । त्यसमा करिब ८० जना नेपाली मात्रै छन् । नेपाली हुनुको नाताले आफ्नो कर्तब्य स्वरुप सकेसम्म नेपाली कामदारलाई मौका दिने गरेको गरुङ बताउछन् ।
आफ्नो जीवनको सुखद, दुःखद अनी संघर्ष र सफलताको क्षणहरुबारे सोध्दा उनी भन्नछन्, “जीवनमा धेरै दुःख पाएको छु तर मैलै केहिल्यै हार खाईन । त्यसैले हार नखानुस् । हिडिरहनुस् । गल्ती हुन्छन्् । नआत्तिनूस् । गल्तीले नै हामीलाई पाठ सिकाउने हो । बाधा आउँछन् । झेल्नुस् । ठक्कर लागे पनि लड्न सक्नुहुन्छ । उठ्नुहोस् । र फेरी हिड्नुस् । त्यो शिखर याद गर्नुस्, जुन तपाईको लक्ष्य हो । एकदिन सफलता निश्चित छ । मैदानमा रहेसम्म जितको संभावना रहन्छ । इतिहासमा तिनै मानिसले हारेका छन् जसले मैदान छाडे । त्यसैले हार स्वीकार नगरौँ ”।
यद्यपी विदेश आउने नेपालीलाई उनी केहि सिप सिकेर दक्ष बनेर आउन सुझाउछन् । उनका अनुसार हाल पोर्चुगलमा मात्रै झण्डै ७ देखि ८ हजार नेपाली छन् । ति मध्ये अधिकांश नेपालमा कुनै सिप नसिकी आएकाले सुरुवाती दिनमा निकै कष्टकर र जोखिमपुर्ण कार्य गर्न बाध्य हुन्छन् ।


कास्कीको सार्दिखोला गाविस वडा नम्बर २ खादरजुङमा बि.सं. २०२४ सालमा उनको जन्म भएको हो । तत्कालिन ब्रिटीस आर्मि गंगा प्रसाद गुरुङ र आमा रामकुमारी गुरुङको कोखबाट जन्मीएका ५ छोरा छोरी मध्ये उनी छोरामा जेठो छोरा हुन् । गुरुङले कास्कीको मौजे गाविस स्थीत मामाघरमा रहि ७ कक्षा सम्मको अध्ययन पुरा गरे । मामाघरमा हजुर बुबा हजुरआमा मात्रै रहेकाले सहारा स्वरुप उनलाइ सानै देखि मामाघर पठाईएको थियो । पछि हजुरबुबा हजुरआमा पोखरा बसाई सरेपछि उनले पोखराको राष्ट्रिय माविबाट एसएलसी पुरा गरेका हुन् । गुरुङले पोखराकै पिएन क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्रिण गरे । २०५९ सालमा उनी कास्की लाहाचोककी गंगा गुरुङसंग विवाह बन्धनमा बाधिए ।
आधुनिक शहर लिस्बनमा बस्दा पनि उनलाई आफु जन्मे हुर्केको गाउँ ठाँउको याद सधै आइरहन्छ । “जहाँ पुगेपनि मलाई आफु जन्मेको गाँउठाँउ, साथीभाई र नेपालप्रति असाध्यै प्रेम छ, लगानीको उचित वातावरण हुने हो भने फर्किएर आफ्नै माटोमा केहि गर्न तयार छु’ उनी भन्छन् । व्यापार ब्यवसायमा व्यस्त भएपनि उनले सामाजिक सेवामा पनि उतिकै ध्यान दिने गरेका छन् । आर्थिक रुपमा सम्पन्न हुन थालेपछि आफ्नो गाउ ठाउँ विर्सने र समाजिक दायित्वबाट पन्छिने अधिकांश मानिसको स्वभाव हुन्छ । तर रमेश गुरुङ लगायत विदेशमा बसोबास गर्ने नेपालीहरुको यस्तो समुह पनि छ जो आफ्नो ब्यवसाय जति चुलिदै गयो, त्यति नै आप्नो गाउँ, समाज, देश र जनताको भलाई र विकासमा अहोरात्र चिन्तनशील छ । गुरुङले पनि सुन्दर शान्त र समृद्ध नेपाल हेर्ने इच्छा राखेका छन् । गुरुङ गैर आवासिय नेपाली अभियानमा स्थापना काल देखि नै सक्रिय छन् ।