• २० असार २०७९, सोमबार
  •      Mon Jul 4 2022
Logo
Latest
★   मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते ★   सनराइज बैंकले ल्यायो कस्टमाइज फोटो कार्डको सुविधा ★   श्रावण महिनाभर एमाले बाग्मतीले ‘सुशु’ अभियान संचालन गर्ने ★   एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल ★   १७ डिआइजीलाई दज्र्यानी चिह्न ★   निर्वाचनमा भएका अन्तरघातको छानबिनका लागि एमालेले बनायो समिति ★   अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! ★   अर्थ मन्त्रालय भन्छः जेठ १४ गते रातिको सीसीटीभी फुटेज मेटियो ★   दक्षिण पश्चिम पाकिस्तानमा बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु, १२ घाइते ★   उपत्यका विशेष प्रदेश कमिटीमा स्थानीय निर्वाचनको समीक्षा

हुम्लाको सडकः माग र भविश्य



विद्यमान अवस्थाः
राज्यसँग सडक सञ्जालमा नजोडिएको जिल्ला भनेकै कर्नालीका हुम्ला र डोल्पा हुन् । भू–सहजताका हिसावले हुम्लाभन्दा डोल्पा छिटो राज्यको मोटर बाटोले जोड्ने देखिन्छ । यद्यपि हुम्लाले सडकसँग आफ्नो भविश्य खोजीरहेको छ । यसअघि हुम्लीहरुले हिउँद हाट जाँदा नेपालगञ्ज, सुर्खेत, भारतमा कुल्ली काम गर्न जाँदा र वर्षा ताक्लाकोटको हाट तथा कैलाश–मानसरोवर तीर्थ यात्राको क्रममा सडक र त्यसमा चल्ने विभिन्न सवारी साधनहरु देख्ने गर्दथ्ये । उनीहरुलाई लाग्दथ्यो, के यस्तै सडक हुम्लामा बन्ला ? वा यस्तै सवारी साधनहरु हुम्लामा गुड्लान् ? सडक र विभिन्न मोटर गाडीहरु देखेकाहरुले गाउँमा सुनाउँदा सपना झै पनि लाग्दथ्यो । मोटर गाडीहरु देखेकाहरुले हुम्लामा गाडी आउन सहज नभएको कुरा सुनाउँथ्ये । सुन्नेलाई सुनाउनेहरुले पहिल्यै निराश बनाई हाल्दथ्ये ।
अव कुरो उल्टिएको छ । विसं २०५५ सालमा जिल्ला विकास समिति हुम्लाले साहस गरेर हिल्सा–सिमकोट मोटर बाटो निर्माण गर्नमा जोड दियो । त्यसमा कामका लागि खाद्यान्न अन्तरगत विश्व खाद्यले सहयोग ग¥यो । त्यो कार्यक्रमले अपेक्षा गरेजति प्रगति नगरेपनि आज १६ वर्षपछि करिब ४५ किलोमिटर सडक बनेको पाइयो । त्यही मोटर बाटोमा तुम्कोट माथिबाट ट्रक चढेर यारी, नारा लाग्नो काटेर हिल्सा पुगीयो । नारा लाग्नासम्म पुग्दा बाटो कच्ची भएपनि काठमाडौमा ट्याक्सी चढेको अनुभव भयो । जब चोर लाग्नाबाट उता लागियो, माथिबाट रेलिएका गिटीले भरिदै गरेको सडक, त्यसले गर्दा एककाखे बनेको गाडी र गाडीको तल्ला चक्काहरु रोडको छेउहरुमा भित्र–बाहिर गरिरहेको दृश्यले मुटु आफ्नो ठाउँमा राख्न गाहे पा¥यो । त्यसमा त्यो बाटो भीर हुनुले माथि हेर्दा रिंगटा लाग्दछ, तल हेर्दा यदि केही गरी झ¥यो भने तातो तेलको कराईमा पुरी हालेझै सिधै निकै तल देखिने कर्नाली नदिसम्मै पुग्ने र कँहीबाट पनि तत्काल उद्दार गर्ने ठाउँ नभएको अनुभव भयो ।
जेहोस् हुम्लामा सडक बनेको छ । हिल्सा–सिमकोट खण्डको सडकबाट मुचुसम्म मोटर आउने जाने गरिरहेको छ । यसै सडकले गर्दा अघिल्लो वर्ष बुको पाल्वाङमा लागेको हाट यो वर्ष तुम्कोट बगरमा लागेको पाइयो । तुम्कोट बगरमा ७० वटा पाल हालेका पसलहरु छन् । मुचु, हेप्का, स्याँडा, खगालगाउ, केर्मी, वरगाउँ, लिमीका मान्छे उल्लेख्य रहेको यस बजारमा ज्ञानु लामाको अध्यक्षतामा तुम्कोट बजार ब्यवस्थापन समिति पनि बनेको छ । यस समितिले बजारको मुल्य निर्धारण तथा ब्यापारीहरुको हकहितका सम्बन्धमा वकालत गर्ने गरेको जानकारी स्याडा नास्ता पसलका सञ्चालक कमल बुढाले दिनुुभयो । पहिले–पहिले भोटका छोपाहरुको गुलीनको चर्चा गर्ने खसान क्षेत्रका वासिन्दाहरुले अहिले हुम्लाकै अस्थायी बजारहरु देखेर भोट पुगेको अनुभव गर्दछन् ।

हुम्लामा गुड्ने सवारी साधनहरुः
हिल्सा–मुचुसम्म आवत जावत गर्ने विना नम्बरका २१ वटा सवारी साधन छन् । तिनमा पजेरो २, ठुलो ट्रक ५, पिकअप गाडी १०, मिनीे ट्रक ४ र ६ वटा डोजर रहेका छन् । सरकारले सिमकोटमा सडक विभागको कार्यालय स्थापना गरेको छ तर तिनलाई नियमन गर्न यातायात विभागको ध्यान भने पुगेको छैन । सुनिएअनुसार हुम्लामा चल्ने एक ट्रयाक्टर काठमाडौको दर्ता नम्बर लिएर चलाउने गरिएको छ । ती सवारी साधनका मालिकको नामावली, गाउँ र सवारी साधन संख्या यस प्रकार छ–
१. रिन्जेन ग्याम्जो लामा (यारी, हुम्ला) –१
२. लामा क्याप लामा (मुचु, हुम्ला) –१
३. टण्डन पाल्जेर लामा (मुचु, हुम्ला) –१
४. च्यापाचाङ लामा (लिमी, हुम्ला)–१
५. तामा लामा, (केर्मी, हुम्ला) –१
६.. नुजाङ लामा (खगालगाउ, हुम्ला) –१
७. अमर थापा लामा (हेप्का, हुम्ला) ट्रक र प्राडो–२
८. कार्मा तण्डुप लामा (हेप्का, हुम्ला) ट्रक र पिकअप–२
९. ठातोक लामा (हेप्का, हुम्ला) –१
१०. प्रेम लामा (धिगा, हुम्ला) –२
११. वाङजुक÷नागतरा लामा (बुराउँसे, हुम्ला) –१
१२. छिमी तोक लामा (बुराउँसे, हुम्ला) –१
१३. कुन्साङ लामा (बुराउँसे, हुम्ला) –१
१४. नागतरा लामा (बुराउँसे, हुम्ला) –२
१५. प्रेम लामा (बरगाउ, हुम्ला) –१
१६. गोर्ख लामा (दोजाम, हुम्ला) –१
१७. जिविस हुम्ला, डोजर– १
१८. मंगल÷नर÷थापा लामा, (केर्मी÷हेप्का, हुम्ला) डोजर– १
१९. तेजबहादुर महत, (जुम्ला) डोजर– १
२०.विजय÷छिरिङ सुनाम लामा, (दोजाम÷बरगाउ हुम्ला) डोजर– १
२१. छिरिङ लामा, (सिमकोट, हुम्ला) डोजर– १
२२. अकिल बुढा, (जैर, हुम्ला) डोजर– १

महंगो भाडाः
हुम्लाको मुचुदेखि सीमा क्षेत्र हिल्सा पुग्न ४५ किमि छ । यस सडकमा गाडी चढ्दा प्रतिब्यक्ति एक हजार रुपैया भाडा तिर्नु परेको छ । मालगाडी सामान ओसारे वापत ठुलो ट्रकले एक ट्रिपमा ३८ हजार रुपैया लिने गरेका छन् । यो महँगो हुनुको कारण डिजेल र पेट्रोल रहेछ ।
‘हिल्सामा रातभर डौडेको दौड्यै हुन्छ’ यारी माइती गाउँ पुगेकी छइजुम लामासँग हिल्साको अवस्था सोध्दा पाएको उत्तरबाट अचम्म लागेको थियो । जब हिल्सा पुगीयो । हिल्सामा नुजाङ लामा भेटिनुभयो । उहाँ ठुलो ट्रक मालिक भएकाले तेल ल्याएकै कारण चिनियाँ प्रहरीले नियन्त्रणमा लिएर दुई महिना ताक्लाकोटतिर जान नपाउने चेतावनी खानु परेको अवस्था थाहा भयो ।
चिनियाँ प्रहरीले वैधानिक रुपमा तेल निकासी गर्न दिदारहेनछन् । किनकि मल र तेल विदेश निकासी नगर्ने चिनियाँ नीतिका कारण हुम्लामा चल्ने सवारी साधनका लागि तिनका मालिकहरुले दुई नम्बरी माध्यम अपनाउनु पर्दा निकै महंगो पर्ने गरेको रहेछ । चीनमा १ लिटर डिजेलको मुल्य १८७.४५ र पेट्रोलको १८० रुपैया नेपाली पर्दछ । तर २५ लिटर बोकी सीमा कटाए वापत किन्दा पर्ने वास्तविक मूल्यभन्दा बढी दिनु पर्ने हुँदो रहेछ । नुजाङ लामाले भन्नुभयो, ‘२५ लिटर ल्याउन पाँच हजार रुपैयाँ दिनु पर्दछ । त्यो पनि ठुलै जोखिम मोलेर ।’
चिनियाँ प्रहरीले सिंगो सीमा क्षेत्र आसपासमा सिसिटिभी जडान गरेका छन् । कुनै शंका लागेमा नेपालमै आएर नियन्त्रणमा लिने गर्दछन् । यसैले जसोतसो च्यानल मिलाएर दुई घण्टाको अप्ठेरो पहाड चढेर तेल नेपाल पास गरी नारा यातायात सञ्चालन गरेकाले यस प्रकारको महंगो भाडा पर्ने गरेको रहेछ । मान्छेहरु नाराजस्तो ठुलो लेकमा दम लाग्ने भएकाले यस्तो महंगो भाडा तिरेर जान पनि सहजै तयार हुने गरेको पाइयो ।
यसै सम्बन्धमा २०६६ मंसिर ३ गते बुधवारका दिन ल्हासाको विदेश विभागको सभा हलमा लिमी–लाप्चा सडक खण्ड होस् वा हिल्सा–सिमकोट सडक खण्ड निर्माण तथा सञ्चालनका लागि आवश्यक तेल तथा औजार लिन पाउने पहिलो सहमति तत्कालीन सभाषद कर्णजीत बुढाथोकी र यसै पंक्तिकारले चीन सरकारका प्रतिनिधिहरुसँग गरेका थियौँ । चीन सरकारले प्रति वर्ष ३० लाख रुपैया र हुम्लाको सडक निर्माण तथा विकासका लागि हर तरहको सहयोग गर्न तयार भएको थियो । अबको सीमा वार्तामा यसै विषयबाट छलफलको शुरुवात गर्दा उपर्युक्त हुने देखिन्छ ।

सडकको रहर र तत्परताः
हुम्लीहरुले सडकको रहर गरेको धेरै भयो । पञ्चायत कालमै चीनबाट बाटो खोल्न सकिने प्रस्ताव आएको थियो भन्ने पनि सुनिन्छ । त्यसलाई किन रोकियो यो इतिहास खोज्दा अरु कथा उप्किन सक्लान् । तर २०५५ सालमा तत्कालीन जिविस नेतृत्वले गरेको निर्णय अनुसार हिल्सा– सिमकोट मोटर बाटो र शाहीकालमा लिमी–लाप्चाको मोटर बाटो केही बनेको छ । हिल्साबाट मुचुसम्म र लिमीबाट खगालगाउ गाविसको केर्मी गाउँ र हेप्का गाविसको लेक धिगासम्म मोटरबाटो आई पुगेको छ ।
अब तुम्बोट खोलामा पुल बनेमा गाडी याल्बाङ पुग्ने छ । याल्बाङ गौडा पनि फोरी सकेकाले केही महिनाभित्रै गाडी सल्लीखोलामा पुग्दा केर्मी जाने लिमी–लाप्चा सडकसँग जोडिने पक्का छ । सल्लीमा पुल लगाउन आवश्यक छ । यहाँबाट आउँदा च्या छराको चट्टाने भीर समस्याको रुपमा देखा पर्दछ । तर सिप नेपालका कार्यकारी प्रमुख अंगबहादुर लामाका अनुसार त्यो भीर प्राविधिक आँखाबाट याल्बाङ गौडाभन्दा सामान्य र सजिलो हो । च्या छरा भीरको कटान भएमा चौवनफया हुँदै लेक धिगाको सडकसँग हेप्का खोलामा भेटिने छ । त्यसपछि सिमकोट लाग्ना जोड्नका लागि सिमकोटबाट ओख्र्यानीसम्म खनिएको सडक सञ्चालनमा आउने छ । यसका लागि फेरि पनि हिल्सा, तुम्कोट, सल्लीको पुल बन्नु पर्दछ र च्या छराको भीर कटान यथासिघ्र हुन सकेमा छिट्टै माथिबाट सिमकोटसम्म मोटर पुग्नेवाला छ ।
हुम्लीहरुलाई सडकको रहर छ । यही प्रकारले सबै राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायको एउटै मत छ कि हुम्लामा जसरी पनि सडक पुग्न पर्दछ । अहिले हुम्लीहरुले तिब्बत हुँदै सदरमुकाम ल्याउने पहल गरिएको सडक आफ्नो ठाउँमा छ, त्यो भन्दा बढी चासो राज्यसँग जोडिने सडकमा ध्यान दिनु आवश्यक छ । रुपडिहादेखि कर्नालीको किनारै किनार हुम्लाको हिल्सा पुग्ने कर्नाली लोकमार्ग कालिकोट खुलालुसम्म पुगेको छ, त्यहाँबाट बाँकी २५० किमि सडक निर्माण गरे सिमकोट पुग्नेछ । । यसको अलवा मुगु चंखेलीबाट हुम्लामा सडक जोड्न सकिने संभावनालाई पनि भरपुर उपयोग गर्न आवश्यक छ । गत वर्षहरुमा केही ठेकेदारहरुले कुल ठेक्काको ८५ प्रतिशत घटेर ठेक्का लिएकाले बाटो निर्माणको काम ओझेलमा परेको थियो । अहिले पनि चालु ठेक्कामा ५० प्रतिशत घटेर ठेक्का लिने काम भईरहेको छ भन्ने सुनिन्छ । यसको विकल्पमा राज्यले कर्नाली लोकमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने भनेको छ । सरकारको यस निर्णयलाई हुम्लीहरुले स्वागत गरेका छन् । प्रायः सबैले हुम्लाको भविश्य सडकसँग जोडेर हेर्न चाहेका छन् । स्मरण रहोस्, राज्यसँग जोडिएको हवाई मार्गबाट आवातजावत गर्दा मान्छे भएर नभई सामान भएर आवतजावत गरेको अपमानले पनि यो विकल्प छिटोभन्दा छिटो खोजिएको हो ।

संभावित बजारः
सडकले आफुसँगै भौतिक संरचना बनाउँदै जाने रहेछ । २०५३ सालसम्म हिल्साको बगरमा एउटा पनि घर थिएन । त्यतिबेला हिल्सामा अहिलेजस्तो घरहरु निर्माण होलान् भनेर सायद कसैले सोचेको थिएन । तर नारा लाग्ना, सिपसिप्या, रानी धर्मशालामा पाल हालेर एकाध होटल चलाइएका थिए । त्यतिबेलाको त्यो सुनसान बगर हिल्सामा अहिले ४५ वटा घर निर्माण भएका छन् । सीमा प्रहरी चौकी हिल्सा बसेको छ । सिमकोटबाट हिड्न नसक्ने पर्यटकका लागि उडान हुने हेलिकोप्टरको हेलिप्याड छ ।
यहाँ सबभन्दा पहिले घर लगाउने ब्यक्ति पूर्व सभाषद् छिमीदोर्ची लामाका साहिला बा छवाङ लामा हुन् । लामाले २०५४ सालमा एक तले घर बनाएर सीमा क्षेत्रको ब्यापार ब्यवसाय चलाएको बताइन्छ । हाल प्रायःको एकतले घर छन् । २ तले घर ३ वटा मात्र छन् । यहाँ प्रतिकोठा मासिक हजार, पन्ध्र सयमा पाइन्छ । गतवर्ष आएको पहिरोले आधा दर्जनभन्दा बढी घरहरु पनि भत्केको देखियो ।
यस्तै याल्बाङ, खार्पु, सर्केगाड, देउली, गल्बागाडमा बजारका पूर्वाधार तयार भएको देखिन्छ । याल्बाङमा तीन सय विद्यार्थी लामा शिक्षा लिइरहेका छन् । यस्तै संख्यामा नेपाली शिक्षा सरकारी तथा गैरसरकारी निकायले ब्यवस्थित रुपमा दिईरहेका छन् । याल्बाङ गुम्बाको निर्माण तथा भौगोलिक अवस्थाले अर्को तक्षशिलाको अनुभव गराई रहेको छ । तातोपानीमा निस्केको तोरोको खार पुरीएको स्थान खार्पुको भू–बनोटले मात्र होइन, नल्लाका चन्दनाथ र भैरवनाथहरु हुम्लामा नभई जुम्लामा चर्चित छन् । उनीहरुको जन्मस्थानले कास्मिरको शिक्षादिक्षा र तत्कालीन केन्द्र जुम्लामा पाएको सम्मानको उच्च मुल्याङ्कन गर्न बाँकी नै छ । यस्तै युरोपतिर हर्कुलसहरुको जुन स्थान छ, त्यस्तै चर्चित जनश्रुति रहेको सर्केगाड, देउली, गल्वागाडका पैकेलाहरुको ऐतिहासिकता भेटिन्छ । यी स्थान स्थानीय केन्द्र बजारका रुपमा देखा पर्न थालेका छन् ।

ब्यबहारिक चुनौतिः
कर्नाली लोकमार्गलाई कालिकोटबाट जुम्ला, मुगु मोडिएकाले ढिलो भईरहेको हो । अन्तर्राष्ट्रिय महत्वको यस लोकमार्गलाई पुरा गर्न नसक्दा पुरानो शिल्क रोडको कर्नाली शाखा ओझेलमा परेको रुपमा लिनु पर्दछ । खुलालु तथा कवाडीका भीरहरु पनि राष्ट्रिय तत्परताका अघि सामान्य हुन् ।
यस्तै हिल्सा–सिमकोट मोटर बाटोलाई जीवनबहादुर शाहीको रोड र लिमी–लाप्चा सडकलाई छक्कबहादुर लामाको रोड भन्ने गर्नु अर्को लाजमर्दो कुरा हो । पदमा हुँदा गर्ने निर्णय र निर्देशन तत्कालीन आवश्यकता बोध गरेर गरिन्छ । शाहीले सभापति तथा लामाले सहायक मन्त्री हुँदा गरेको पहललाई सकारात्मक ठान्न पर्दछ । त्यो नहुँदा छिटो हुने काम पनि ढिलो भएको अनुभव अहिले हुम्लामा भइरहेको छ ।
यसैले हुम्लीहरुको एउटै माग छ, सडक । हुम्लामा जे योजना आए पनि ८५ प्रतिशत रुपैया तलै जान्छ, यसैले विकासको नाममा सडक बाहेक अरु भ्रम मान्नु पर्ने भएको छ । तर सडकको पहल गर्दै गर्दा स्थानीय उत्पादन बढाउने र भोलि माल गाडी भित्रिदा ती गाडी रित्ता नफर्कुन् भन्नेतिर अहिल्यै हुम्लाका हरेक ब्यक्तिले सोच्ने कार्यक्रम उद्योग वाणिज्य महासंघ हुम्लाको नेतृत्वमा सोच्न र ब्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन जरुरी छ ।

निष्कर्षः
हुम्लाको एक सर्वपक्षीय टोलीले ब्यवस्थापिका संसदको संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीलाई भेट्दा गरेको अनुभवका आधारमा भन्नु पर्दा हिल्सा–सिमकोट खण्ड र लिमी–लाप्चा सडक खण्डको बनेको सडकलाई सहज बनाउन चीन सरकारबाट डिजेल÷पेट्रोल आयातमा सहज बनाई दिन लगाउनु पर्ने देखिन्छ । यसले गर्दा माथिल्लो हुम्लामा यातायात सञ्चालनमा सहजता आउनेछ । हुम्लाको विकास निर्माण समाग्री आयात गर्नमा सहजता ल्याउन आवश्यक छ । तिब्वतको पूर्व–पश्चिमको तयारी सडकलाई नेपालको दुर्गम क्षेत्रलाई सुगम तुल्याउन पारवहनसम्बन्धी सहुलियत उपयोग गर्न दुईपक्षीय छलफल चलाउन पर्ने देखिन्छ । हिमाल वारीको कृषि, पशु तथा वनजन्य उत्पादनलाई तिब्बती बजारमा सर्वसुलभ तरिकाले पु¥याउनका लागि दुईपक्षीय रुपमा क्वारेन्टाइनको ब्यवस्थापन गर्नुपर्ने देखिन्छ । नेपाली जनताको धार्मिक आस्थासँग जोडिएको कैलाश–मानसरोवर क्षेत्रमा स्थानीय जनतालाई आवातजावत गर्ने सुविधा दिने ब्यवस्था मिलाउनु पर्ने देखिन्छ । ताक्लाकोट बजारमा दार्चुलाका ब्यापारीलाई झै हुम्ली ब्यापारीलाई ब्यवस्था, ब्यवहार र सुरक्षा दिने आधार निर्माण गर्नुपर्ने छ ।
एक अध्ययनले जनाएअनुसार नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा जाँदा स्थानीय स्रोत परिचालन गर्न सकेमा सबभन्दा धनी जिल्लामा हुम्ला पनि पर्ने उल्लेख गरेको छ । त्यसको पूर्वाधारका लागि सबभन्दा पहिले सडक आवश्यक पर्दछ । त्यो सडक राज्यसँग जोडिने कर्नाली लोकमार्ग हुनु पर्दछ । यदि सडक भयो भने विद्युत उत्पादन गर्न पनि सहजता आउने हुन्छ । सडक र विद्युत भयो भने विकासका हरेक ढोका खुला हुने देखिन्छ । हुम्लीहरुले विकासका लागि कालिकोटको खुलालुदेखि सिमकोटसम्मको २५० किमि मोटरबाटो सडक विभागको ब्यवहारिक मापदण्ड, नेपाली सेनाको नेतृत्व र स्थानीय युवा परिचालन हुने गरी साझा धारणा बनाउने र साझा धरातलमा उभिने हिम्मत गर्न आवश्यक छ । यसका लागि सरोकारवाला निकायले राजनीतिक दाउपेच र घोचपेच बन्द गर्नुपर्दछ । सबैले हुम्लामा सडक पु¥याउने बारेमा सकारात्मक सोचेमा हुम्लाको पहिलो मागका रुपमा रहेको सडक छिट्टै बन्ने देखिन्छ ।