३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभासद् ज्यू ! थाहा पाउनु भयो कि भएन ?



अ+ अ-

सभासद् ज्यू  !

भर्खरै साउदी अरबको सडक दुर्घटनामा सिरहाका तीन मुसलमान नेपालीहरुको मृत्यु भयो । उनीहरु तपाईका लागि भत्ता जुटाउन रेमिटेन्सन आर्जन गर्दै थिए । त्यसो त केही महिना अघि  तनहुँकी शोभा परियार हलाल भईन । उनी पनि हजुरहरुकै चिटिक्क परेको पोशाक जुटाउन  अरबीको रातोदिन महिनौदेखि यातनाको व्युहार्तन भोगिरहेकी थिईन् ।

सभासद् ज्यू  ! थाहा पाउनु भएकी भएन ?

ईजरायलकी अनु कोइरालाको अल्पआयुमै मृत्यु भो । हजुरहरुकै भुजाका लागि वर्षौंदेखि अल्जाइमर्सहरु स्याहार्दै थिईन् ।

अझै थुप्रै अनुहरु डिमेन्सिया, प्यारालाईसिसका वृद्धवद्धाहरु स्याहार्दै छिन्   । हजुरहरुकै घर बहाल पुर्याउन केही दिन अघि युएईमा किसाले सडकमा ज्यान दिईन । साउदीमा राई, लिम्बू, लामा, नेवार, यादवसबै युवाहरु अलपत्र छन्  ।  कोरिया होस् वा युरोप, अमेरिका या अष्ट्रेलियामा रगत पसिना बगाई राछन् ।

सभासद् ज्यू  !
उनीहरु फेरीफेरी मुंग्लानिन चाहान्दैनन्  र, नै विदेशबाट चुपचाप देशमा रेमिट्यान्स पठाई राछन् । देशले संविधान पाओस् भनि विदेशमा अहोरात्र ज्यान दिई खटी राछन्  । हाम्रा भावी पिडीले अब रुन नपर्ने युगयुगलाई हुने नयाँ संविधान मागि राछन्  । यस पटक त संविधान दिनु होला ।  शान्त, समृद्ध राष्ट्र हुने नयाँ नेपाल निर्माण हुने संविधान चाहि राछन् । देशले बर्खी बार्न नपर्ने आमाहरुले रुन नपर्ने राम्रो हाम्रो संविधान चाही राछन्  ।

सभासद् ज्यू  !  यसपटक त वाचा पुरागरी संविधान दिनु होला गाऊगाऊले बाटो हेरीराछन् ।

(लेखकको फेसबुकबाट)