६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीमा ‘सरी ल’



अ+ अ-

आगामी शुक्रबारबाट नेपालभर प्रदर्शन हुनलागेको नेपाली चलचित्र ‘सरी ल’ आगामी नोभेम्बर २२ तारिखका दिन अष्ट्रेलियाको सिड्नी हर्सभीलस्थित सिभिक थियटरमा प्रथम प्रदर्शन हुने भएको छ । यसको अर्को प्रदर्शनी २९ तारिख पनि हुनेछ । एमएन अडियो भिजियुअलले प्रदर्शन गर्ने तयारी गरेको चलचित्रको टिकट बिक्री सुरु भएको संस्थाले जनाएको छ । चलचित्रको टिकट दर २० डलर प्रतिव्यक्ति तोकिएको छ । एमएनएभीका सुमन सिवाकोटीका अनुसार यसको अनलाईन बुकिंग www. hamrosydney.com.au अथवा www. ticketsnmore. com.au मा गएर गर्न सकिनेछ ।

सामाजिक कथावस्तुलाई समेटेको चलचित्र सरी ल ले मुख्यतः पछिल्लो समय युवा पुस्तामा कसरी फेसबुकबाट प्रेम र त्यससँगै अपराधिकरण भइरहेको छ भन्ने कुरालाई जोड्न खोजेएको छ । फेसवुकले स्थापित गरेको युवा र युवती बीचको प्रेम र आफ्नो मनले आँट्न नसक्दा दोहोरो प्रेममा उत्पन्न हुने दुर्घटनाको परिवेशलाई चलचित्रले कलात्मक रुपमा प्रस्तुत गरेको छ । कृष्णबहादुर महर्जनको निर्माणमा बनेको चलचित्रलाई अञ्जु केसीले प्रस्तुत गरेकी हुन् । चलचित्रमा अनिता आचार्य, सुवास थापा ,राजन खतिवडा र मार्टिन खान लगाएतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।