९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अख्तियारले भनेअनुसार नै गर्नू’



अ+ अ-

काठमाडौ, २३ कार्तिक । जलविद्युतका क्षेत्रमा काम नगर्ने प्रवद्धर्कहरुको लाइसेन्स खारेज गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन अनुसार नै काम गर्न सरकारलाई भनेको स्पष्टिकरण संसदको अर्थसमितिले शनिबार दिएको छ ।
लाइसेन्स खारेज गर्न अख्तियारले दिएको निर्दैशन पालना नगर्न मन्त्रिपरिषद्, उर्जा मन्त्रालय र विद्युत विकासलाई शुक्रबार निर्देशन दिने निर्णय गरेको अर्थसमितिले २४ घन्टा बित्न नपाउँदै आफ्नो अडानबाट पछि हटेको हो । समितिका सभापति प्रकाश ज्वालाले उर्जा मन्त्रालयलाई अख्तियारको निर्देशन कार्यान्वयन नगर्नु नगराउनू भनेर समितिले निर्देशन दिने निर्णय नगरेको बताए ।
स्रोतका अनुसार काबेलीका पक्षमा लबिङ गरिरहेको एउटा समूहको दबाबमा त्यस्तो माइन्यूट तयार गरेर निर्णय भयो भन्दै प्रचार गरिए पनि शनिबार यसलाई सच्चाइएको हो। शुक्रबार तयार गरिएको माइन्यूटप्रति समितिका धेरै सदस्य नै सहमत हुने अवस्था नभएपछि पनि निर्णयलाई सच्चाएर पत्राचार गर्न लागिएको स्रोतले बतायो।
आठ वर्षदेखि लाइसेन्स लिएर निर्माण कार्यमा नगएको काबेलीलगायत १३ जलविद्युत् आयोजनाका लाइसेन्सको सर्तनामामा उल्लिखित सर्तअनुसार कारबाही गर्न अख्तियारले भदौ दोस्रो साता ऊर्जा मन्त्रालय र विद्युत् विकास विभागलाई निर्देशन दिएको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।