२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य सडक छेउ फोहोर फाल्ने महानगरको निगरानीमा



अ+ अ-

काठमाडौं, ८ मंसिर । रातीको समयमा कसैले नदेख्ने गरी सडक छेउ वा चोक र गल्लीमा फोहर फाल्दै हुनुहुन्छ भने ध्यान दिनुहोस् । तपाईले फालेको फोहोरको प्रकृति हेरी कारबाही हुनेछ । उपत्यकाभित्रका नगरपालिकाले फोहर फाल्नेलाई कारबाही गर्न २४ घण्टा नै अनुगमन गरिरहेको छ ।
तपाईले फालेको फोहोरले सहरको सुन्दरतामा असर पार्नुका साथै वातावरण प्रदुषण हुने भएकाले जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न सुरु भएको छ ।
‘काठमाडौ महानगरपालिकाले हरेकदिन गर्ने अनुगमनका क्रममा धेरैजना कारबाहीमा परिरहेका छन्,’ महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले भने, ‘फोहोर फाल्नेलाई तत्कालै कारबाहीको पत्रसहित पक्राउ गरी फोहोरमैला ब्यवस्थापन ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइँदै आएको छ ।’
उनका अनुसार हरेक राति उपत्यकाका सडक, चोक र गल्लीमा बढी फोहर फालिने गरेको छ । फोहोर फाल्नु हुँदैन भन्ने जान्दाजान्दै पनि बुझपचाएर फोहोर फाल्ने गरेको पाइएको उनी बताउँछन् । अनुगमनका क्रममा उपत्यकाका मुख्य सडकका आसपासको क्षेत्रलार्य मात्रै पहिलो चरणमा राखिएको छ ।
गत तीन दिनदेखि सुरु गपिरएको अनुगमनको अभियालाई निरन्तरता दिई दीर्घकालिन बनाउने तयारीमा महानगरपालिका रहेको छ । घरेलु फोहोरलाई ब्यवस्थापनका लागि विभिन्न उपायबारे सहरबासीलाई जानकारी गराईसकिएको बताउँदै अधिकृत श्रेष्ठले भने, ‘नेपालमा परिवर्तन गर्न सम्भव छ भन्ने कुरा पछिल्लो समयमा सार्कको तयारीका लागि भएका गतिविधिले प्रष्ट पारेकाले उपत्यकावासीले आफ्नो घरसँगै टोलको सरसफाइमा पनि चासो देखाउनु आवश्यक छ ।’
आसन्न १८ औं सार्क शिखर सम्मेलनको तयारीका क्रममा उपत्यकालाई सफा सहरको रुपमा चिनाउँन विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।